नागरिक उड्ययन प्राधिकरणले माग्यो कर्मचारीको आवेदन, सहायक देखि वरिष्ठ अधिकृतसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नागरिक उड्ययन प्राधिकरणले माग्यो कर्मचारीको आवेदन, सहायक देखि वरिष्ठ अधिकृतसम्म



civil-avitation-authority-vacancy(1)काठमाडौ। नेपाल नागरिक उड्ययन प्राधिकरणले रिक्त रहेका तीन समूहका लागि २० जना प्राविधिक कर्मचारीका लागि आवेदन माग गरेको छ । प्राधिकरणले प्राविधिक कर्मचारी करारमा भर्ना गर्नका लागि आवेदन माग गरेको हो ।

माग गरिएका कर्मचारीमा सातौं तह वरिष्ठ अधिकृत ए.ट्रा.स.मा १५ जनाको माग गरिएको छ । जसका लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट विज्ञान वा सूचना प्रविधि विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यस्तै सातौ तह वरिष्ठ अधिकृत फ्ला.अ.स.मा २ कर्मचारी मागेको प्राधीकरणले आवेदकको न्यूनतम योग्यता विज्ञान विषयमा प्रविणता प्रमाणपत्र उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरेको छ । भने एसएलसी उत्तीर्णले आवेदन दिन मिल्ने गरी ३ जना चौथो तह सहायक ए.फा.स को समेत माग गरेको छ ।

करारमा कर्मचारी मागेको प्राधीकरणले स्विकृत दरवन्दीको रिक्त पदमा स्थायी पदपुर्ति भएमा स्वत हट्ने जनाएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण र यस अर्तगतका कार्यालयहरुम रहेर काम गर्नेगरि एयर ट्राफिकको तालिम लिएका, कमर्सियल पाइलट लाइसेन्स भएका  र जिवनोद्धार तथा विमानस्थल अग्नि निवारणसम्बन्धि तालिम लिएका व्यक्तिले यी पदमा आवेदन दिन सक्छन् ।

दरखास्तका लागी माघ ८ गतेसम्म फारम भरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २३ पुष २०७२, बिहीबार ०८:३३