ओरियन्टल होटलले २६.३२% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरियन्टल होटलले २६.३२% लाभांश दिने



काठमाडौं । ओरियन्टल होटलले लाभांश दिने भएको छ । होटलले १५% बोनस सेयर र ११.३२% नगद लाभांश गरी कुल २६.३२% लाभांश दिने भएकाे छ  । होटलकाे असाेज ८ गते बसेकाे सञ्चालक समितिकाे बैँठकले साे  लाभांश  दिन निर्णय गरेकाे हाे ।

ओरियन्टल होटलकाे एकाइसाैँ साधारण सभा कात्तिक १२ गते हुने भएकाे छ । साे साधारणा सभाकाे लागि अासाेज १९ गते देखि कात्तिक १२  गते सम्म दर्ता किताब बन्द हुने भएकाे छ ।ओरियन्टलकाे साधारण सभा नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल ललितपुरमा बस्नेछ ।

हाल ओरियन्टलको चुक्ता पुँजी ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ छ ।

प्रकाशित : ९ आश्विन २०७५, मंगलवार ११:४१