मेरो माइक्रोफाइनान्सले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेरो माइक्रोफाइनान्सले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं । मेरो माइक्रोफाइनान्स लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीकाे असोज ९ गते बसेको संचालक समितिको बैठकले साे निर्णय गरेकाे हाे  ।

माइक्रोफाइनान्सले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ३२ करोड ८९ लाखको उचाईमा पुग्नेछ ।यही चुक्तापूँजीको सतप्रतिशत १ बराबर १ को अनुपातले हकप्रद सेयर जारी गर्ने भएको हो ।

हकप्रदको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने संचालक समितिले निर्णय गरेको छ ।

सतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर ६६ करोडको हाराहारीमा पुग्नेछ ।

 

प्रकाशित : ९ आश्विन २०७५, मंगलवार १२:०८