किन खादैनन ब्राह्मणले प्याज, लसुन र च्याउ ?



हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर । आयुर्वेदका अनुसार खाद्य पदार्थ तीन खाले हुन्छन् ।

सात्विक
यसभित्र शान्ति संयम, पवित्र र मनको शान्ति जस्ता गुणहरु हुन्छन् ।

राजसिक
यसमा उत्साह र खुसीका गुणहरु आउने गर्छन्

तामसिक
यसमा उत्साहा, क्रोध, अहंकार र विनाशका गुणहरु आउने गर्छन् । ब्राह्मणहरु लसुन र प्याज अहिंसाका कारण खाँदैनन् । प्याज, च्याउ र लसुन राजसिक र तामसिक रुपमा बाँडिएका छन् । यसको अर्थ उत्साह र अज्ञानतामा वृद्धि गर्छन् । किनभने यसका कारण जमीनमा रहेका धेरै जिवाणुको मृत्यु हुनेगर्छ । यसका कारण यसको सेवनमा गर्न ब्राहमण अस्विकार गर्छन् ।

त्यस्तै अर्को तर्फ शास्त्रका अनुसार लसुन, प्याज र च्याउ ब्राहमण खान अस्विकार गर्छन् किनभने सामान्यतया यी खानाहरुले अशुद्धता बढाउँछन् । यी मिश्रित खानाहरु अुशद्ध खाद्यको श्रेणीमा पर्छन् । ब्राहमणहरुलाई पवित्रता बनाई राख्न पनि यस्ता मिश्रित खानाहरु खाने गर्दैनन् । देवीदेवताको पुजा गर्नका लागि पनि शुद्धताको नियममा चल्नुपर्छ । यी मिश्रित खानाहरु अुशद्ध भएका ब्राहमणहरु लसुन, प्याजदेखि पर रहन्छन् ।

केही मानिसहरु मान्छन् कि लसुन र प्याज खानाले व्यवहारमा समेत परिवर्तन आउने गर्छ । यसका कारण यिनीहरुको सेवन गर्दैनन् । सनातन धर्मका अनुसार प्याज र लसुन खानाले क्रोध बढाउने गर्छ र यसले अध्यात्मको मार्गमा समेत बाधा उत्पन्न गराउँछ । यसका कारण ब्राहम्णहरुलाई लाग्छ यिनीहरुको सेवन गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस
पढ्नुस् मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

पृष्ठभूमि १. नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०७६।७७

बढ्दो शेयर बजारमा ध्यान दिनु पर्ने केहि कुराहरु ( सिए.विवेक पाैडेलको विचार )

लगातार केहि दिनको उछाल पश्चात आज नेप्से ३.६० अर्बको एतिहासिक कारोबार गरेर ६९.५६

सम्पति शुद्धिकरण निवारण किन ? महानिर्देशक भट्टराईको विचार

सरकारी, गैरसरकारी निकाय र कर्पोरेट क्षेत्रमा सम्पति शुद्धीकरण विषयमा सबै नेतृत्व सम्पति शुद्धिकरण

जनप्रतिनिधीले राज्य कोषबाट तलब खाएर सहकारीको पदाधिकारी बस्न सुहाएन ( सहकारी विभागका रजिष्ट्रारको विचार)

सहकारी क्षेत्रमा हामीले दोहोरो सदस्यता अन्तयको कुरा गरेका छाैँ । सहकारीलाई मर्यादित सम्मानित