बन्द अवस्थामा रहेका सरकारी उद्योग तथा संस्थानहरुलाई पून सञ्चालन गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बन्द अवस्थामा रहेका सरकारी उद्योग तथा संस्थानहरुलाई पून सञ्चालन गर्ने तयारी



काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योग तथा संस्थानहरुलाई पून सञ्चालन गर्ने तयारी थालेको छ । उद्योग मन्त्रालयले आज औपचारिक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर हाल विविध कारणले बन्द अवस्थामा रहेका अर्थात बन्दको स्थितीमा पुगेका उद्योगलाई पुन सञ्चालनमा ल्याउने जनाएको छ ।

1697286685_1452168797

मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्रि सोम प्रसाद पाण्डेले बन्द अवस्थामा रहेका र बन्द हुने स्थितीमा पुगेका जुनसुकै सरकारी उद्योगलाई सञ्चालनमा ल्यारै छाड्ने बताए । “हामी सरकारी उद्योग धन्दालाई नीजिकरण कदापी गर्दैनौं ।” उनले भने,”सञ्चालनको मोडालिटीमा परिवर्तन गरेरै भएपनि सञ्चालनमा ल्याउँछौं ।” उनले नेपाल औषधी लिमिटेड, कृषि औजार कारखाना लिमिटेड,बुटवल धागो कारखाना लिमिटेड, वीरगञ्ज चिनी कारखाना जस्ता हाल बन्द अवस्थामा रहेका सरकारी संस्थानहरुको पुन सञ्चालन गर्ने बताए । त्यस्तै उनले नीजि क्षेत्रको सहयोग बिना उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै मन्त्रालय नीजि रुपमा सञ्चालित उद्योग धन्दालाई पनि प्रवद्र्धन गरेर अगाडि बढ्ने बताए ।

मन्त्रि पाण्डेले देश संघियरुपमा अगाडि बढिसकेको धारणा राख्दै उद्योग मन्त्रालयले पनि सोही अनुसार आफ्ना आगामी कार्यक्रमको तय गरेको र जसअनुसार प्रत्येक प्रदेशमा करिब १ हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया पनि शुरु भइसकेको बताए । उनले विशेष आर्थिक क्षेत्रको निमार्ण गरी सञ्चालनमा ल्याइने समेत बताए ।

भारतीय नाकाबन्दीका कारण वर्तमान समयमा देखिएको उर्जा संकटलाई जोड्दै मन्त्रि पाण्डेले सरकार उर्जा उत्पादनमा पनि लागिपरेको बताए । उनले विद्युत तथा ग्यासको विकल्पका रुपमा प्रयोगमा आउने ब्रिकेट उत्पादनमा वृद्धि गर्न जनशक्ति तयारमा पनि सरकार लागेको बताए ।

त्यस्तै मन्त्रालयले भुकम्प र नाकाबन्दीका कारण उद्योग व्यवसायमा परेको समस्या समाधानका लागि सहुलियत ब्याज तथा अनुदानका लागि आर्थिक पुनरुद्धार कोषको पनि स्थापना गरेको र त्यसबाट सहुलियत ब्याजदरमा कर्जाको व्यवस्था समेत गरिएको जनाएको छ ।

प्रकाशित : २४ पुष २०७२, शुक्रबार ०३:२१