सहकारीबाट नाै लाख चोर्ने तीन जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीबाट नाै लाख चोर्ने तीन जना पक्राउ



पोखरजनएकता बचत तथा ऋण सहकारीबाट ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ चोरी गर्ने समूहका तीन जना सदस्य पक्राउ परेका छन् ।

सो समूहले गत भदौ ३१ गते सहकारीको सेफमा राखेको उक्त रकम चोरेको थियो ।

चोरीमा संलग्न दुई महिला र एक पुरुष गरी ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ७ एयरपोर्ट बस्ने २२ वर्षीया विनिता गुरुङ, पोखरा १५ रामबजार बस्ने अञ्जली गुरुङ र पोखरा ६ गौरीघाट बस्ने १८ वर्षीय कमल ठगुन्ना छन् ।

उनीहरुले सहकारीको सटर फोडेर भित्र पसि सेफमा राखेको रकम लगेका थिए । पक्राउ परेकाहरुबाट प्रहरीले ५ लाख ३८ हजार ८० रुपैयाँ नगद समेत बरामद गरेको छ ।

सहकारीबाट रकम चोरी हुनुमा सहकारीको सुरक्षा व्यवस्था फितलो भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०७५, बिहीबार ११:५१