आरालोमा एमाओवादीकोआयव्यय कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरालोमा एमाओवादीकोआयव्यय कारोबार



काठमाडौं । एकीकृत माओवादीले आर्थिक वर्ष ०७१/७२ मा ४ करोड रुपैयाँबराबरको आर्थिक कारोबार गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा उसको आयव्यय ओरालो लागेको छ ।

अघिल्लो वर्षको तुलनामा उसको कारोबार झन्डै ३ करोड घटेको छ। अघिल्लो आर्थिक वर्षमा एमाओवादीले ७ करोड हाराहारीमा आर्थिक कारोबार गरेको थियो ।

एमाओवादी केन्द्रीय कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कारोबार घट्नुमा पार्टी सदस्यहरुको नवीकरणदेखि अन्य आर्थिक स्रोतहरुको अवस्था कमजोर देखिनु मूल कारण रहेको राजधानीले लेखेको छ ।

निर्वाचन आयोगमा पार्टीको तर्फवाट बुझाउन तयार पारिँदै गरेको आर्थिक आय व्यय प्रतिवेदनमा उसले आर्थिक वर्ष २०७१/७२ मा ४ करोड रुपैयाँको आम्दानी खर्च भएको देखाएको छ ।

प्रकाशित : २६ पुष २०७२, आईतवार ०३:०४