काखीमा विज्ञापन राखेर राम्रो अाम्दानी ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

काखीमा विज्ञापन राखेर राम्रो अाम्दानी !



जापानमा काखीमा विज्ञापन गर्ने चलन बढ्न थालेको छ । जापानमा कुनै पनि कम्पनीको विज्ञापन काखीमा राखेर एक घण्टा सार्वजनिक स्थान, यातायात आदिमा देखाएर बसे करिब १० हजार रुपैयाँ पारिश्रमिक पाइन्छ ।

 

राम्रो पारिश्रमिकको लोभकै कारण धेरै महिला तथा पुरुषहरू अहिले काखीमा विज्ञापन राखेर बस्ने यो पेसातर्फ आकर्षित हुन थालेका छन् ।

काखीमा विज्ञापन गराउने कार्यलाई वाकिनो एड एजेन्सीले व्यवस्थापन गरिरहेको छ । टोकियो लगायतको क्षेत्रमा अहिले राम्रो काखी भएका युवतीहरू यो पेसामा आउन आतुर छन् । जापानी भाषा अनुसार वाकिनोको अर्थ काखी हुन्छ । उक्त विज्ञापन एजेन्सीले निकट भविष्यमा राम्रो काखी भएका युवा–युवतीहरूबीच सौन्दर्य प्रतियोगिता आयोजित गर्ने सोचसमेत बनाएको छ ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १४:४६