दोलखामा राष्ट्रिय वाणिज्य बैंकले सडकबाटै सेवा दिन थाल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

दोलखामा राष्ट्रिय वाणिज्य बैंकले सडकबाटै सेवा दिन थाल्यो



दोलखा । दोलखाको चरिकोटस्थित राष्ट्रिय वाणिज्य बैंकले सडकबाटै सेवा दिन थालेको छ ।

गत वैशाख १२ र २९ गतेको भूकम्पबाट बैंकको कार्यालय रहेको भवन क्षतविक्षत भएपछि बैंकले सडकबाट सेवा दिन थालेको हो । जिल्लामा बैंकिङ सेवा अवरुद्ध हुँदा नगदको अभाव भएको गुनासो बढेपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सडकबाटै बैंकिङ सेवा सुरु गरेको हो ।

३ सातादेखि बैंकहरु बन्द रहेकोमा सडकबाटै भएपनि सेवा पाउँदा दोलखाका सर्वसाधारणले राहत महसुस गरेका छन् ।

प्रकाशित : ७ जेष्ठ २०७२, बिहीबार ०४:२६