सहकारीको सदुपयोग भएन–निधि,ग्रामीण अर्थव्यवस्था विकासका लागि सहकारी नै उत्तम विकल्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीको सदुपयोग भएन–निधि,ग्रामीण अर्थव्यवस्था विकासका लागि सहकारी नै उत्तम विकल्प



काठमाडौं । पूर्व मन्त्री बिमलेन्द्र निधिले सहकारीको सही सदुपयोग हुन नसकेको बताएका छन् । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको सातौं वार्षिक साधारणसभाका अवसरमा बोल्दै पूर्व मन्त्री निधिले सहकारीमर्फत प्रगति हाशिल गर्न सकिने भएतापनि सहकारीको सही प्रयोग हुन नसकेकाले समस्या आएको बताएका हुन् । ग्रामीण अर्थव्यवस्था विकासindexaaaaaaaaaaaका लागि सहकारी नै उत्तम विकल्प भएको उनको भनाई थियो ।
कम साधन र स्रोत भएकाले पनि सहकारीमार्फत उल्लेख्य लगानी गर्न रचनात्मक काम गर्न सकिने उनको भनाई थियो । सहकारीले आर्थिक बिकास सँगसँगै सामाजिक, शिक्षा तथा स्वास्थ्यमा पनि रचनात्मक काम गर्न आवश्यक भएको उनले बताए ।
सहकारी नयाँ प्रणालीको रुपमा बिकास गर्दै देशको अर्थतन्त्र सबल बनाउन सकिने उनले विश्वास व्यक्त गरे । सहकारीको सिद्वान्तजस्तै देशको संघीयता मोडेल अंगीकार गर्न लागिएको उनले बताए ।
अहिले अनेकथरीका नाकाबन्दीका कारण जनताले सास्ती पाएको चर्चा गर्दै केही समयभित्रै नाकाबन्दी हट्ने विश्वास व्यक्त गरे । कोही जनतामाथि भेदभाव नराखी सीमामा पुनरावलोकन गर्न सरकारलाई सुझाव दिए ।  ‘हामी सरकार गिराउन चाहेका छैनौं, तर समस्या समाधान गर्न सरकारले नै रुची देखाउन सकेको छैन्’ उनले भने ।
पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहकारीमार्फत देश आत्मनिर्भरतामा जान सकिने बताए । ‘परनिर्भरता हटाउन सहकारी प्रमुख माध्यम बन्न सक्छ’ उनले भने ।
तीन खम्बे अर्थतन्त्रबाट नै देश आत्मनिर्भर बन्न सकिने उनले बताए । सहकारीले अन्य क्षेत्रमा रचनात्मक काम गरे पनि कृषि क्षेत्रमा विशेष लगानी गर्न आवश्यक भएको बताए ।
वरिष्ठ साहित्यकार एवम् राजनीतिक विश्लेषक पुरुषोतम दाहाललले पूँजीबाद र समाजवादकोे समिश्रण नै सहकारी भएकाले सबैका लागि सहकारी उत्तम माध्यम भएको बताए । समस्याका कारण अर्थतन्त्र धराशायी भएको उनको भनाई थियो ।
राष्ट्रिय सहकारी संघका सञ्चालक एंव उपलब्धि सहकारीका सञ्चालक चन्द्र ढकालले सहकारीमार्फत गर्नुपर्ने काम धेरै भएको र उपलब्धिले प्रशंशा गर्न लायकका कार्यक्रम गरेको बताए ।
कार्यक्रम साहित्यकार धु्रवप्रसाद सापकोटा, रत्न शमशेर, धुव्रचन्द गौतम, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सञ्चारकर्मी सम्मानित
उपलब्धि बचत तथा ऋण सहकारीले सातौं वार्षिक साधारणसभाका अवसरमा कान्तिपुर टेलिभिजनका पत्रकार बिजयराज अधिकारीलाई सम्मान गरेको छ । सहकारीको गतिविधि प्रकाशन तथा प्रशारण गरेको भन्दै अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि भावना बस्नेत र युवराज नेपाललाई सम्मान गरिएको थियो ।
उपलब्धिको शेयर पूँजी दोब्बर
संस्थाले २०७१÷७२ मा २ करोड ५९ लाख ७६ हजार ३ सय रुपैयाँ पु¥याएको छ । संस्थाले अघिल्लो वर्ष ९७ लाख १३ हजार ३ सय रुपैयाँ पु¥याएको थियो ।
संस्थाले १३ करोड ६३ लाख १३ हजार २ सय २२ रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५८ दशमलव २३ प्रतिशतले बढी हो ।

प्रकाशित : २६ पुष २०७२, आईतवार ०१:१७