कृषि विकास बैंकले माग्यो ३०० कर्मचारी, प्लसटुपास देखिले आवेदन दिन मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि विकास बैंकले माग्यो ३०० कर्मचारी, प्लसटुपास देखिले आवेदन दिन मिल्ने



काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले विभिन्न पदमा गरि २९८ जना कर्मचारी माग गरेको छ । बैंकले आज गोरखापत्र दैनिकमा सार्वजानिक सुचना नै जारी गरी सहायकस्तरको पाचौं तह र सहायक लेखापाल चौथो तहमा गरी २९८ जना कर्मचारीको दरखास्त आव्हान गरेको हो ।

बैंकले सहायक लेखापाल चौथो तहमा २५८ जना र सहायकस्तरको पाचौं तहमा ४० जना  कर्मचारी माग गरेको छ ।
बैंकले प्रथमश्रेणी पाचौ तहका लागि खुलातर्फ २२ जना, महिला ५, आदिवासी जनजाती ५, मधेसी ४, दलित २, अपाङ एक तथा पिछडिएको क्षेत्रको एकजना गरि ४० जना माग गरेको छ ।

बैंकले काठमाडौं उपत्यकासहित विभिन्न कार्यालयका लागि ती कर्मचारी माग गरेको जनाएको छ । त्यस्तै प्रकाशित विज्ञापन अनुसार सहायक लेखापाल चौथो तहमा विराटनगर, राजविराजव तथा जनकपुर क्षेत्र, वरिगंज, काठमाडौ, पोखरा तथा भैरहवा क्षेत्र र दाङ, नेपालगंज तथा धनगढि क्षेत्रीय कार्यलय अन्र्तगतका कार्यलयमा पनि कर्मचारी माग गरिएको छ ।

बैंकले आवेदकको न्युनतम योग्यता लेखापाल सहायक स्तर चौथो तहको द्वितीय श्रेणीका लागि प्रमाणपत्र उत्तिर्ण र व्यवसायक सहायक, सहायक स्तर प्रथम श्रेणीको पाचौं तहका लागि स्नातक उत्तिर्ण हुनुपर्ने हुनुपर्ने जनाएको छ ।
दरखास्त बुझाउने अन्तिम मिति सम्ममा पुरुषको हकमा १८ बर्ष पूराई भई ३५ बर्ष ननाघेको र महिलाको हकमा १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ ।

परिक्षा दस्तुर ४०० रुपैयाँ तोकेको बैंकले समावेशीतर्फ सहभागि हुन चाहने उम्मेदवारका लागि प्रत्येक समूहका लागि थप २५० रुपैयाँ दस्तुर ललाग्नेछ ।  माघ १६ गतेसम्म फारम भर्ने अन्तिम मिति तोकिएको छ भने दोब्बर दस्तुर तिरेर माघ २३ सम्म फारम बुझाउन सकिने छ ।

प्रकाशित : २६ पुष २०७२, आईतवार १२:१३