मिसन डेभलपमेन्ट बैंकले बोनस र नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिसन डेभलपमेन्ट बैंकले बोनस र नगद लाभांश दिने



काठमाडौँ । मिसन डेभलपमेन्ट बैंकले  लाभांश दिने भएको  छ ।बैंकको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस र कर प्रयोजो लागि ० दशमलव ५७८९  प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

 बैंकले ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ भने  कर प्रयोजनका लागि ०।५७८ प्रतिशत अर्थात ३० लाख ६ हजार रुपैयाँ  नगद लाभा‌ंश वितरण गर्ने  छ ।हाल बैंकको चुक्ता पूँजी ५१ करोड ९२ लाख रुपैयाँ छ । बोनसपछि बैंकको पूँजी ५७ करोड ६३ लाख नाघ्नेछ ।
प्रस्तावित लाभांश लगानीकर्ताले भने राष्ट्र बैंकको र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार १३:५०