निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडाैँ । देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा १८१ वटा शाखा कार्यालयहरुको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गरी रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं स्थापना दिवसको उपलक्ष्यमा कार्तिक  १२ गते सोमबारका दिन रुपन्देही जिल्ला भैरहवा हिमालीपथ स्थित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको भैरहवा स्थित भवनको प्राङ्गणमा “तपाईको एक थोपा रगत कसैको अमूल्य जीवन बन्न सक्छ” भन्ने मूल नाराका साथ रगत नपाएर छट्पटिएका ब्यक्तिहरुको जीवन रक्षाको निमित्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । यस संस्थाको क्षेत्रीय कार्यालय द्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीहरु, ग्राहक सदस्यहरु, अभिभावकहरु र सर्वसाधारणहरु गरी १८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । उक्त उक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो ।
सो अवसरमा भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख  शम्भु न्यौपानेले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुका १८१ वटा शाखा कार्यालयको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाको २०७५ भाद्र मसान्तसम्ममा ग्राहक संख्या ३,२०,८३१ रहेको, लगानीमा रहेको कर्जा रु. १५ अरब ४९ करोड ९४ लाख रहेको र बचत रु. ८ अरब ७० करोड १७ लाख रहेको जानकारी गराएका थिए । यस संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई यस संस्थाको भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख  शम्भु न्यौपानेले धन्यवादज्ञापन गर्नु भएको थियो ।

प्रकाशित : १३ कार्तिक २०७५, मंगलवार १४:०७