मंगलबार नेप्से ७ दशमलव ४३ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलबार नेप्से ७ दशमलव ४३ अंकले उकालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ७ दशमलव ४३ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको होटेल, जलविधुत  र लघुवित्त  समुह बाहेक अरु सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १६३ कम्पनीको ९ लाख २४ हजार ६ सय ६५ कित्त सेयर बाट २२ करोड १८ लाख ४ हजार ४ सय ६ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्सले कमाएको छ । आज लाइफ इन्स्योरेन्स समुह २३ दशमलव ६७ अंकले उकलो लागेको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह २२ दशमलव ९९ अंकले, उतपादनमुलक समुह १३ दशमलव ०३ अंकले, विकास बैँक समुह १० दशमलव २१ अंकले, बैँक समुह ९ दशमलव १२ अंकले, अन्य समुह ५ दशमलव १३ अंकले र  फाइनान्स समुह ० दशमलव ३९ अंकले उकालो लागेको छ
आज होटल, जलविधुत र लघुवित्त  समुह भने ओरालो लागेको छ । आज होटल समुह १२ दशमलव ८२ अंकले  जलविधुत समुह ५ दशमलव ४ अंकले  र लघुवित्त समुह १ अ‌ंकले  ओरालो लागेको छ ।

प्रकाशित : १३ कार्तिक २०७५, मंगलवार १५:२०