कृषि विकास बैंकको नयाँ शाखा गुल्मीको पुर्कोटदहमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंकको नयाँ शाखा गुल्मीको पुर्कोटदहमा



काठमाडाै । गुल्मी जिल्ला मदाने गाउँपालिका पुर्कोटदहमा कृषि विकास बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । प्रतिनिधी सभा संघीय सांसद सदस्य राम कुमारी झाक्री, प्रदेशसभा सदस्य दिनेश पन्थी र कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

कार्यक्रममा बैंकका सीईओ सिटौलाले कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टहरुको बारेमा जानकारी दिए । बैंकले यस आ.व.मा प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा उत्पादनमुलक ठूला राम्रा परियोजनाका लागि वित्तीय लगानी उपलव्ध गराउने, व्यवसायीक कृषि परियोजनामा विशेष प्रथामिकताका साथ कर्जा लगानी गर्ने, स्थानीय जनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि गर्ने तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने योजना बनाएको उनले उल्लेख गरे ।

सांसद रामकुमारी झाक्रीले कृषि विकास बैंकमा खाता खोली रकम जम्मा गर्न र आवश्यक परेको खण्डमा कर्जा लिएर उद्यमी बन्न सबैलाई आग्रह गरिन् ।

नेपाल सरकारका पूर्व अर्थ सचिव यूवराज भुसालले स्थानीय जनताको तिव्र चाहना र आफनो अनुरोध समेतलाई ध्यानमा राखी मदाने गाउँपालिकामा बैंक स्थापना गरिदिएकोमा बैंक परिवारलाई विशेष धन्यवाद दिए । उनले आफुले गर्ने बैकिङ्ग कारोबार कृषि विकास बैंकबाट नै गर्ने गरी निक्षेप खाता समेत खोले ।

कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक मिनराज पोखरेलको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि शाखा कार्यालय मदानेका प्रबन्धक विर बहादुर जि.सी.ले दिए । नेपाली मौलिक कला÷संस्कृती झलकाउने गरी पञ्चैबाजा सहित सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु बुद्धि जि.सी., महेन्द्र बहादुर कुंबर, समाजसेवी चक्र बहादुर कुंबर, मदाने गाउंपालिका अध्यक्ष दान बहादुर खत्री, क्याम्पस प्रमुख देवीराम भुसाल लगायतले आफ्नो धारणा राखे ।

कार्यmक्रममा कृषि विकास बैंक लि.का प्रबक्ता हिमलाल पौडेल, मुख्य कार्यालयका शा.अ. धर्मराज न्यौपाने, क्षेत्रीय कार्यालय भैरहवाका शा.अ. ओम प्रसाद भट्टराई, शाखा कार्यलय तम्घासका प्रबन्धक झविलाल भट्टराई, शाखा कार्यालय सन्धिखर्कका प्रबन्धक चिरन्जीवी बस्याल, शाखा कार्यालय रिडीका प्रबन्धक कृष्ण प्रसाद पन्थ लगायत कृषि विकास बैंक लि.का अन्य कर्मचारीहरुको समेत उपस्थिती थियो ।

उक्त कार्यक्रममा लामोसमय देखि कृषि विकास बैंक लि. सँग कारोबार गर्दै आएका समाज सेवी चक्र बहादुर कुँवरलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले सम्मान गर्नुका साथै प्रतिनिधी सभा सदस्य रामकुमारी झांक्री, प्रदेश सभा सदस्य दिनेश पन्थी लगायत विभिन्न स्थानीय संस्थासंग आवद्ध महानुभावहरुलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

प्रकाशित : १४ कार्तिक २०७५, बुधबार ११:५९