प्रदेश १ मा प्रादेशिक योजना आयोग गठन ,उपाध्यक्षमा प्याकुरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

प्रदेश १ मा प्रादेशिक योजना आयोग गठन ,उपाध्यक्षमा प्याकुरेल नियुक्त



विराटनगर । प्रदेश १ सरकारले प्रदेशमा योजना निर्माणका लागि प्रादेशिक योजना आयोग गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । प्याकुरेल विराटनगरका वासिन्दा हुन् ।

त्यसैगरी आयोगको सदस्यमा मिना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । हाललाई तीन सदस्यीय समिति रहेको आयोगमा दुई जना सदस्य थप गरिने मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद वैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रदेश १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययतासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ स्वीकृति दिने निर्णय समेत गरेको जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि वढाउन तथा मध्य पहाडी लोकमार्ग अन्र्तगत तेह्रथुम र फिदिमलाई नँया शहरका रुपमा विकास गर्नर्े स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

यी दुई शहरलाई व्यवस्थित गर्न केन्द्र सरकारवाट १७ करोड रुपैयाँ विनियोजन भइसकेको छ । यसैगरी मन्त्रिपरिषद वैठकले प्रदेश १ सरकारको मातहतमा रहेका भौतिक सम्पत्ति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ ।

त्यसैगरी कोशी प्रतिष्ठान विधेयक मस्यौदा स्वीकृत प्रदान गर्ने तथा प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम -२०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषदको बैठकले झापाको दमकमा रहेको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकारको मातहतमा ल्याउने निर्णयसमेत गरेको छ ।

प्रकाशित : १४ कार्तिक २०७५, बुधबार १४:४१