यूट्युबले सुरु गर्‍यो नेपाल होमपेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यूट्युबले सुरु गर्‍यो नेपाल होमपेज



यूट्युबले नेपाललाई लक्षित गरेर होमपेज सुरु गरेको छ । नेपाल सहित मंगलबारदेखि यो सुविधा पाकिस्तान र श्रीलंकामा सुरु गरेको हो ।

अब यूट्युब खोल्दा यूट्युबको होमपेजमा ‘युट्युब एनपी’ भन्ने देखिन्छ । यो सुविधा सुरु भएपछि होमपेजमा नेपालमा चलेका यूट्युबका भिडियोहरु देखिन्छ । यस्तै केही पहिला देखि नै नेपाली भाषामा समेत उपलब्ध भएको यूट्युब कसैले नेपालबाट खोले नेपालका चलेका भिडियोहरु हेर्न सुझाव आउँछ ।

यूट्युबको अप्रेसन तथा कन्टेन्ट निर्देशक गौतम आनन्दका अनुसार यसले यूट्युबलाई स्थानिय स्वाद दिन मद्दत गर्छ । ‘यसले गर्दा लोकल गायक–गायिका, व्यक्तिहरु तथा भिडियो निर्मातालाई विश्वस्तरमा अझै पहिचान मिल्नेछ,’ उनले भने । इकान्तिपुर बाट ।

प्रकाशित : २९ पुष २०७२, बुधबार १६:२९