सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता ऋणपत्र निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता ऋणपत्र निष्कासन



काठमाडौं । सानिमा बैंकले सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता ऋणपत्र निष्कासन गरेको छ ।
सर्वसाधारणल दरखास्तका साथ एकमुष्ट प्रति ऋणपत्रको एक हजारको दरले रकम भुक्तानी गरेर यसको ऋणपत्र खरिद गर्न सक्नेछन् ।

१० प्रतिशत सानिमा डिवेञ्चर–२०८५’ नाम दिइएको उक्त ऋणपत्र बैंकले बार्षिक १० प्रतिशत ब्याजदरमा रु १००० अंकित मूल्य भएका ४ लाख कित्ता डिबेञ्चर निष्कासन गर्न लागेको हो । १० वर्ष अवधि रहेको उक्त शेयर विसं २०८५ सालमा परिपक्व हुनेछ ।

कुल २ अर्ब रुपैंया बराबरको ऋणपत्र स्वीकृत गराएको बैंकले हाल भने ४० करोड रुपैंया बराबरका ४ लाख कित्ता मात्र ऋणपत्र जारी गर्न लागेको हो ।

यो ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि छुट्याइएको छ । उक्त ऋणपत्र बाँडफाँडपश्चात् बाँकी हुने ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको हो ।

डिवेञ्चरमा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । कात्तिक ३० गतेदेखि खुल्ने उक्त ऋणपत्रको निष्काशन अवधि छिटोमा मंसिर ४ गतेसम्म र ढिलोमा पुस १ गतेसम्म तोकिएको छ ।

ऋणपत्र निष्कासन तथा बिक्रीको जिम्मा काठमाडौं क्यापिटल लिमिटेडले पाएको छ । उक्त डिबेञ्चरलाई नेपाल धितोपत्र बोर्डले यही ७ गते स्वीकृति दिएको थियो ।

उक्त ऋणपत्रको आवेदन साधारण शेयरजस्तै सीआश्वा सेवा उपलब्ध भएका जुनकुनै बैंक तथा वित्तीय संस्थाहरुबाट गर्न सकिनेछ भने मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेट सेवा उपलब्ध भएका जुनकुनै स्थानबाट अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट हो ।

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार ११:४२