कालीञ्चोकमा पनि केबुलकार, भाडा पाँच सय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कालीञ्चोकमा पनि केबुलकार, भाडा पाँच सय



काठमाडाैं । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा शनिबारदेखि केबलकार सञ्चालनमा आएको छ । केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

दसैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यवसायिक रूपमै सञ्चालनमा आएको हो । कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । कालीञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण सुरू गरेको कालीञ्चोक केबुलकार करिब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।

केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए । सर्वसाधारणलाई पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार १४:१२