६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला



काठमाडाैँ । बाह्रौँगोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।

तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकन कर्ताको भिड लागेको थियो । तेस्रो दिन सम्ममा मात्र ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्तमेलाको अन्तिम दिन आइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

प्रदेश नं ३को भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय र पुष्पविकास केन्द्रको सहयोगमा बिहीबार देखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो । उल्लेख्य मात्रामा अवलो कनकर्ता आएका कारण अपेक्षित तथ्यांक भन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।

मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकन कर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा१६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार विदा परेका कारण १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैंयाको कारोबार भएको थियो ।

चार दिन सम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि ६२ लाख रुपैंया भन्दा बढीको कारोबार भएको हो ।

प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो ।
‘रोपेर पूmलगोदावरी सजाआँै घर आँगनवरिपरि’भन्ने मूल नाराका साथसम्पन्नभएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागिप्रयोग हुने फूलहरू बढी विक्रीभएका छन् ।

२०११ देखि नेपालप्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्य सम्ममा ४३ जिल्ला मा विस्तार भइसकेको छ ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १२:०७