काठमाडाैंमा राति १० वजेपछि देउसी-भैलो खेल्न रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

काठमाडाैंमा राति १० वजेपछि देउसी-भैलो खेल्न रोक



काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले राति १० वजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । तिहारमा हुन सक्ने अपराधिक घटना र विकृति नियन्त्रण गर्न भन्दै प्रशासनले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाइएको जनाएको हो ।

निर्णय विपरित १० बजेपछि पनि देउसी–भैलो खेलिए कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले स्पष्ट पनि पारेको छ । यता, प्रहरीले पटाका, भुइचम्पाजस्ता प्रज्जवलनशील बस्तुको आयात–निर्यात, बिक्री र प्रयोग निषेधित रहेको स्मरण गराएको छ ।

तिहारलाई लक्षित गरी लुकिटिपी ल्याइएको प्रज्जवलनशील पदार्थ बरामद गरिने तथा ओसार–पसारमा सम्लग्नलाई कानून बमोजिक कारबाही हुने प्रहरीले स्पष्ट पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले अहिलेसम्म प्रज्जवलनशील बस्तुको ओसार–पसारमा सम्लग्न १२ जनालाई नियन्त्रणमा लिइएको पनि जनाएको छ ।

तिहारको सुरक्षालाई लागि पर्याप्त सुरक्षाकर्मी परिचाल गरिएको प्रहरीले शंकास्पद गतिविधिबारे जानकारी दिन पनि सार्वसाधारणलाई आग्रह पनि गरेको छ ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १२:१९