५ लाख बढी कित्ता हकप्रद शेयर जारी गर्दै शुभेच्छा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

५ लाख बढी कित्ता हकप्रद शेयर जारी गर्दै शुभेच्छा



काठमाडौं । शुभेच्छा विकास बैंक लिमिटेडले ३ शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । माघ १३ गतेदेखि निष्काशन गर्न लागेको हकप्रद सेयरका लागि पुस २८ गतेसम्म कारोबार भएर कायम रहने शेयरधनीले मात्र आवेदन दिन पाउँने बैंकले जनाएको छ ।

बैंकले १०० अकिंत दर रहेको हकप्रद शेयर निष्काशन बन्द फागुन २३ गते हुनेछ । हाल बजारमा बैंकको शेयर ३१४ रुपैयाँमा कारोबार भइरहेको छ ।  शुभेच्छा विकास बैंक सम्पूर्ण शाखा कार्यालय, एस डेभलपमेण्ट बैैंक लिमिटेड सम्पूर्ण शाखा कार्यालय र एस क्यापिटलबाट आवेदन दिन सकिनेछ ।

हाल चुक्ता पूँजी १५ करोड रुपैंया रहेको बैंकले १७ दशमलव ९५ प्रतिशत बोनश समेत दिने भएको छ ।  प्रस्तावित बोनश शेयर र यो हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी बढेर २२  करोड ७३ लाख रुपैंया पुग्ने छ ।

प्रकाशित : ३० पुष २०७२, बिहीबार १२:५१