एनएलजी इन्सोरेन्सको २१ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएलजी इन्सोरेन्सको २१ प्रतिशत लाभांश पारित



काठमाडौं । एनएलजी इन्सोरेन्सले लगानीकर्तालाई दिने भनेको २१ प्रतिशत लाभांश साधारणसभाबाट पारित भएको छ । कम्पनीको आज बसेको दशौं साधारणसभाले लगानीकर्तालाई १७ दशमलव ११३१६१ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ३ दशमलव ९३९४७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले गत बर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले आर्थिक बर्ष २०७१र०७२ मा १६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले सो अवधिमा ४८ करोड बीमा शुल्क आर्जन गरी जम्मा २१ करोड ७८ लाख दाबी भुक्तानी गरेको छ ।

हाल यस कम्पनीले आफ्ना २९ वटा शाखा तथा २४० क्रियाशिल एजेन्ट मार्फत अग्नि बीमा मोटर बीमा इन्जिनियरिङ बीमा, कृषि बीमा लगाएतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कम्पनीको चुक्तापूँजी ३४ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडाकोषमा १० करोड ४४ लाख रुपैयाँ राखिएको छ । कम्पनीले चालु आवमा १५ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको आम्दानी २१ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने खर्च ६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको विमा शुल्क ४८ करोड ४२ लाख रुपैयाँ रहेको छ भने दाबी भुक्तानी २१ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुापत १२ दशमलव ४२ गुणा रहेको छ ।

प्रकाशित : ३० पुष २०७२, बिहीबार १२:५३