तामाकोशीको शेयर बाँडफाँड मिति पर धकेलियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तामाकोशीको शेयर बाँडफाँड मिति पर धकेलियाे



काठमाडौं। तिहार लगत्तै शेयर बाँडफाँडको कार्यतालिका तय गरिएको माथिल्लो तामाकोशीको शेयर बाँडफाँड गर्ने मिति पर धकेलिएको छ ।तामाकोशीले तेस्रो चरणमा सर्वसाधारणहरु कात्तिक १५ गतेदेखि १९ गतेसम्म एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर (आईपिओ)  जारी गरेको थियो ।

जसमध्ये ७ लाख ९४ हजार २५० कित्ता सामुहिक लगानी कोषलाई छुयाएर बाँकी रहेको एक करोड ५० लाख ९० हजार ७५० सर्वसाधरण आवेदकलाई बाँडफाँड हुनेछ ।

तामोकोशीको शेयर निष्काशनकर्ताका अनुसार पहिलो चरण तथा दोस्रो चरणमा शेयर आवेदन गरेकाहरुले तेस्रो चरणमा पनि आवेदन गरेको पाइएपछि त्यसलाई शुद्धीकरण गर्न थालिएकोले शेयर बाँडफाँड गर्ने मिति पर सरेको हो । जसका कारण अझै केही दिनसम्म पहिलो चरण तथा दोस्रो चरणका आवेदकहरुको आवेदन रद्ध गराउने नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले जनाएकाे छ  ।

शेयर निष्काशनका दौरान पहिले नै तामाकोशीको शेयर धारण गरेका विभिन्न संस्थाका कर्मचारी, बचतकर्ता, आयोजना प्रभावितलाई सर्वसाधारणका लागि निष्काशित शेयर आवेदन नगर्न भनिएको थियो ।

शेयर बिक्री प्रबन्धकका अनुसार शेयर बाँडफाँड गर्नु पहिले हरेक आवेदकको तीनपुस्ते विवरण अघिल्लो पटक आवेदन गरेका शेयरधनीको तथ्याङ्कसँग जुधाउने काम सुरु भएको छ । जानेर वा नजानेर ठूलो संख्यामा दोहोरा आवेदन परेको  हुनाले शेयर बाँडफाँड गर्ने मिति पर सरेको हाे  ।

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार १४:१८