नागबेली लघुवित्तले १६.११% बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नागबेली लघुवित्तले १६.११% बोनस दिने



काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाले बोनस सेयर दिने भएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको कमाईबाट १६.११% बोनस र कर तिर्न ०.८४% नगद लाभांश दिने निर्णय गरेको हो ।

साे लाभांस लगानीकर्ताले भने रष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पारित गरे पछि मात्र पाउने छन् ।

नागबेलीले  २ करोड ४६ लाख ९६ हजार ५४१ रुपैयाँ बोनसमा र १२ लाख ९९ हजार ८१८ रुपैयाँ नगद लाभांशमा खर्च गर्न लागेकाे छ ।

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार १४:३९