नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल



काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाललाई नियुक्त गरेको छ । कोषको कार्यकारी निर्देशकका लागि नेपालसहित शेषरमण आचार्य र कपिलमणि ज्ञवालीको नाम सिफारिस गरिएको थियो । मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपाललाई आगामी पाँच बर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् । उनले अनिवार्य अवकाश अन्तरगत गत चैतमा अवकाश पाएका थिए ।

प्रकाशित : २६ कार्तिक २०७५, सोमबार १५:१७