प्रभु इन्सोरेन्सको सिइओमा बज्राचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्सोरेन्सको सिइओमा बज्राचार्य



काठमाडौं । प्रभू इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सञ्चित बज्राचार्य नियुक्ति भएका छन् । कम्पनीको सञ्चालक समितिले बज्राचार्यलाई माघ १ गतेदेखि लागू हुनेगरी सीइओमा नियुक्ति गरेको छ ।

विगत ११ महिनादेखि कायम मुकायम सीइओकोरुपमा काम गर्दै आएका नबनियुक्त सीइओ बज्राचार्य सात वर्षदेखि यसै कम्पनीमा कार्यरत थिए । सिइओ युगेशभक्त बादे श्रेष्ठले कम्पनी छोडेपछि त्यसअघि कम्पनीका नायव महाप्रबन्धकका रुपमा कार्यरत बज्राचार्यलाई कामू सीइओको जिम्मेवारी दिइएको थियो ।

नवनियुक्त सीइओ बज्राचार्यसँग सरकारी, गैरसरकारी, अन्तराष्ट्रिय र अन्य क्षेत्रमा गरी २२ वर्ष काम व्यवस्थापकीय तहमा अनुभव छ ।

कम्पनीमा हाल प्रभू समुहका अध्यक्ष देवी प्रकाश भट्टचन अध्यक्षमा छन् । कम्पनीको चुक्ता पुँजी ३३ करोड रूपैयाँ छ भने चालू आर्थिक वर्षको हालसम्म ३१ करोड रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित : ३ माघ २०७२, आईतवार १०:२८