पुँजी बजारमा नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुँजी बजारमा नयाँ रेकर्ड



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक २१ दशमलव ८४ अंकले बढेर १ हजार २ सय १२ बिन्दुमा पुगेर बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ५३ अंकले बढेर २ सय ६० दशमलव ३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज ८९ वटा कम्पनीहरुको २ हजार ५ सय ६९ वटा कारोबारबाट ८ लाख २५ हजार ९ सय ५४ कित्ता शेयर खरिद बिक्री भएका छन् । आज नेप्सेमा ५४ करोड ८१ लाख १६ हजार ७ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज करोबार भएका सबै समुहहरु मध्ये अत्याधिक विमा समुहको १ सय २७ दशमलव ९८ अंकले वृद्धि भएको छ भने संगसंगै बैकिंङ्ग समुहको २४ दशमलव ५६ अंकले, होटल समुहको १५ दशमलव ९५ अंकले, विकास बैंकको १७ दशमलव ९५ अंकले, फाइनान्स समुहको १ दशमलव २२ अंकले र अन्य समुह ११ दशमलव ७५ अंककले बढेका छन् भने सबैभन्दा अत्याधिक गिरावट हाइड्रो समुहको रहेको छ जसको २ दशमलव ७५ अंकले घटेको छ ।

 

साताको पहिलो दिनको कारोबार शुरु भएको डेढ घण्टाको अवधिमा नै नेप्सले गत भाद्र २९ गतेको १२ सय ५ दसमलव ८५  को रेकर्ड ब्रेक गरेको हो । त्यसो त नेप्से १२ सय २१ सम्म पुगेको थियो तर कारोबार बन्द हुँदा घटेर बन्द भएको थियो । अभौतिक ( डिम्याट) शेयरको अनिवार्य कारोबारले बजारमा बिक्रेताहरुको अभाव संगै सक्षम र ठूला बाणिज्य बैंकहरुको शेयर मूल्यमा उच्च चढाव देखिएको छ भने होटल र बैकिङ समूह सूचकहरुमा उल्लेखनीय बृद्धि देखिएको छ । अनिवार्य डिम्याट कारोबार प्रणालीकै कारण आज थुप्रै कम्पनीको कारोबार हुन पाएन जुन बिगतका दिनहरुमा निकै कारोबार गर्ने कम्पनीका रुपमा रहेका थिए । त्यसो त पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयर, हकप्रद शेयरका साथै सस्थाहरु आपसमा मर्ज हुने पक्का तथा अन्य थुप्रै संस्था मर्ज प्रक्रियामा जाने लगभग पक्का जस्तै भएपछि पुँजी बजार उकालो लागेको हो ।

कारोबारको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ, जसको ५ करोड ६३ लाख ५८ हजार ७ सय २६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी कृषि विकास बैंकको ३ करोड ९० लाख १४ हजार ५ सय ५० रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८९ लाख ४२ हजार ९ सय ६६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बंैंकका लगानीकर्ताहरुले आफ्ना शेयरको मुल्यमा ९ दशमलव ९४ प्रतिशतले सवाधिक कमाउन सफल भएका छन् । त्यसैगरी मुक्तिनाथ विकास बैंकका ९ दशमलव ९२ प्रतिशतले र इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनीको ८ दशमलव ६० प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

आज गण्डकी विकास बैंकका लगानीकर्ताहरुले आफ्ना शेयरको मुल्यमा ३ दशमलव ३१ प्रतिशतले अत्याधिक गुमाएका छन् । संगसंगै महाकाली विकास बैंक लिमिटेडको २ प्रतिशतले र एभेरेष्ट बैंकको १ दशमलव ९५ प्रतिशतले मुल्यमा गिरावट आएको छ ।

प्रकाशित : ३ माघ २०७२, आईतवार १०:३३