विज्ञापनः व्यवसायिक कृषि तथा व्यापार आयोजनाको जान्नै पर्ने कुराहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

विज्ञापनः व्यवसायिक कृषि तथा व्यापार आयोजनाको जान्नै पर्ने कुराहरु



arqqqqqqव्यवसायिक कृषि तथा व्यापार आयोजना विश्व बैंकको आर्थिक सहयोगमा  नेपाल सरकार कृषि विकास मन्त्रालय अन्र्तगतको  कार्यन्वयनमा रहेको आयोजना हो । यो आयोजना सन २००९ देखि  ६ बर्षका लागि पुर्वाञ्चल बाहेक चार विकास क्षेत्रका  तराईका १५ र पहाडका  १० जिल्लाहरु जम्मा गरि २५ वटा जिल्लाहरुमा  कार्यन्वयनमा रहेकोमा  दातृ संस्था विश्व बैंकले सन् २०१२ मा मध्यावधी म’ल्यांकन गरी आयोजनाले हासिल गरेको प्रगतीको मूल्यांकन गर्दै आयोजनाका लागि थप सहयोग  प्रदान गरेको छ ।  यस आयोजनाको अबधी सन् २०१८को जुन सम्म थप गरिएको छ ।  त्यस्तै गरि आर्थिक २०७०।०७१बाट आयोजनाको कार्य क्षेत्र देशभर बिस्तार गरिएको छ ।  यस आयोजनाको मुख्य उद्देश्य आयोजना लागु भएका जिल्लाहरुका निर्दिष्ट कृषि  उपजहरुको मूल्य शृंखललामा  आबद्ध साना कृषक र कृषि सहकारी, कृषि उद्यमी एवं व्यवसायीहरुको प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्नु रहेको छ ।

यस आयोजनाको नाफामुलक तथा  बजार उन्मुख उत्पादनमा संलग्न कृषक समुह तथा सहकारीलाई सहयोग साथै  बजार पहुँच र कृषि व्यवसायमा  सम्पर्क बिस्तारमा सहयोग गर्ने , मुल्य शृंखलाको दृष्टिले उत्पादक, व्यापारी, प्रशोधन कर्ता  अन्य सरोकारवला पक्ष समेतलाई समेटी उद्योगमा आधारिरत साझेदारिताको विकासमा सहयोग गर्ने तथा  कृषि र खाद्य बस्तुको व्यापारमा  विद्यमान बाध व्यवधान घटाउने एवं कृषकहरु र कृषि व्यवसायीहरुको दक्षता अभिबृद्धि गर्दै आन्तरिक एवं अन्र्तराष्टिय बजारको गुणस्तर अनुरुपको स्वच्छ र स्वस्थ्य खाद्य बस्तुहरु उत्पादन गर्न सहयोग गर्ने रणनीति अबलम्बन गरेको छ ।

यी रणनीतिहरु हासिल गर्नको लागि आयोजनाले विभिन्न आह्वानहरुमार्फत मुल्यांकन गरी  छनोट भएका कृषक, समुह, सहकारी  लघु उद्यमी, नीजि, फर्म तथा कम्पनीहरुलाई पुरक अनुदान उपलब्ध गराउने नीति रहि आएको छ । यसै अनुरुप साना तथा सिमान्तकृत कृषक समुह, लघु उद्यमीहरुलाई समेत समेट्ने गरी आ.ब. २०७१।०७२ देखि नमुनाका रुपमा  पाँचै विकास क्षेत्र समेट्ने गरी २५ जिल्लाहरुमा लघु अनुदान कार्यक्रम पनि लागु गरिएको छ । लघु अनुदान कार्यक्रम पुर्वाञ्चलमा इलाम, संखुवासभा,भोजपुर,खोटाङ, सोलुखुम्बु र ओखलढुंगा, मध्यमाञ्चलको दोलखा, रसुवा, सिन्धुपाल्चोक र नुवाकोटा पश्चिमाञ्चलको बाग्लुङ, गार्खा, गुल्मी, म्याग्दी र पर्वत मध्यपश्चिमाञ्चलको जुम्ला, कालिकोट, जाजरकोट, रोल्पा रुकुम र सल्यान र सुदुरपश्चिमाञ्चलको दार्चुला बैतडी, डडेलधुरा र डोटीमा सञ्चालनमा रहेको छ ।  उपभोक्ताको स्वस्थ्य तथा वतावरण संरक्षणलाई मध्यनजर गरी तरकारीमा बिषदीको समुचित प्रयोगलाई बढावा दिन सबै भन्दा बढी तरकारी उत्पादन हुने तीन जिल्लाहरु काभ्रेपलाञ्चोक, धादिङ र चितवनमा एकिकृत बिषादी ब्यवस्थापन कार्यक्रम सञ्चालनका लागि पनि आयोजनाले आंशिक अनुदान कार्यक्रम लागू गरेको छ ।

Sallaghari, Maharajgunj, Kathmandu
Telephone No: +977-1-4017765

Fax No:+977-1-4373236
Email : [email protected]
Website: www.pact.gov.np

प्रकाशित : ३ माघ २०७२, आईतवार १५:४९