नाट्टामा नयाँ नेतृत्व, मधुसुदन आचार्य नेतृत्वको टिम विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नाट्टामा नयाँ नेतृत्व, मधुसुदन आचार्य नेतृत्वको टिम विजयी



काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा)को निर्वाचनमा मधुसुदन आचार्य नेतृत्वको समूह विजयी भएको छ । नाट्टाको ५२ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा आचार्यको समूह अत्यधिकत मत ल्याई विजयी भएको हो ।

गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार आचार्यले १९१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी मिहिका धाख्वाले १६४ मत प्राप्त गरे ।

त्यसैगरी प्रथम उपाध्यक्षमा सीएन पाण्डे, द्वितीय उपाध्यक्षमा डिके शर्मा, महासचिवमा भीमप्रसाद पन्त, सचिवमा सुधिर उपाध्याय, कोषाध्यक्षमा चित्र गुरुङ र सहकोषाध्यक्षमा सविता केसी भट्टराई निर्वाचित भए ।

सदस्यहरुमा युवराज सुवेदी, लक्ष्मण लम्साल, रामकुमार बाराकोटी, घनश्याम घिमिरे, विनय बस्नेत, हरिभक्त श्रेष्ठ, बरुण मेहता र सितलकुमारी शर्मा पौडेल विजयी भए । निर्वाचनमा तीन वटा समूह प्रतिस्पर्धामा उत्रिएका थिए ।

निर्वाचन अधिकृत देवीप्रसाद भट्टराईका अनुसार नाट्टामा कुल ४५४ मतदाता रहेकामा ४३२ मत खसेको थियो ।

प्रकाशित : ४ माघ २०७२, सोमबार ०५:०८