नेपाली तयारी पोसाकमा भन्सार छुटः आर्थिक विकासको अबसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाली तयारी पोसाकमा भन्सार छुटः आर्थिक विकासको अबसर



1434856044_dr shankar
   डा. शंकर शर्मा
अमेरिकाका लागि पुर्व नेपाली राजदुत
अमेरिकाले नेपाली तयारी पोसाकमा भन्सार छुट दिनु स्वागत योग्य कुरा हो । यो छुटले हामी नेपालीलाई अन्र्तराष्ट्रिय बजारमा मुल्यको प्रतिस्पर्धा गर्न थोरै भए पनि सहयोगी बन्ने छ ।  अहिले दिएको छुटको आधारलाई हेर्ने हो भने यसले हामीलाई सिधै १७ प्रतिशत फाईदा दिन्छ । यसलाई सदुपयोग गर्न  सक्ने हो भने नाफा लिन सक्छौँ भन्ने हो । पहिलो कुरा त यसले हामलिाई प्रतिस्पर्धामा जानको लागि ढोका खुल्यो । ढोका खुल्दैमा सबै कुरा भै हाल्छ भन्ने त छैन । खास गरि नेपाललाइ प्रथामिकता दिनुको प्रमुख कारण भनेको भुइँचालो र भारतसंगको असहज अबस्थाले थप आर्थिक कठिनाईहरु परिरहेको  पनि उनिहरुले उल्लेख गरेका थिए । नेपालमा एकदमै कठिन परिस्थीती गुज्रिएको हुनाले नेपाललाई दिन उपयुक्त छ भन्ने हिसाबले दिइएको हो । यो ढोका खुल्दै गर्दा उनिहरुले के पनि भनेका छन् भने, सरकारका मान्छे र बिजनेश क्षेत्रको समेत क्षमता अभिबृद्धि गर्ने भन्ने कुरा भएको छ ।
यो भन्दा अगाडी जिएसपिले ४८ सय आइटममा अमेरिकामा डुयुटि फ्रि कोटा त्यसै पनि छदै छ । त्यसलाई पनि हामीले खासै प्रयोग गर्न सकिरहेका छैनाँै ।
यसमा दुई कुरालाई हेरेर काम गर्नु पर्ने हुन्छ । खास गरि उनिहरुले के चाहिरहेका छन भने नेपालकै कामदारहरु गरिब, महिला र अन्य  पिछडिएको वर्गको सहयोगमा काम गर्नु पर्छ । हामी कहाँ  समस्या भनेको स्वदेशका कामदार प्रयोगमा आउने भन्दा पनि बिशेष गरि बिहार र बांगलादेशबाट ह्वतै बढ्ने संभावना छ । हुन त धेरै उद्योगहरु फस्टाउन सकेको छैन । भएको दक्ष जनशक्ति खाडी मुलुकमै छन् ।
खास गरि लक्षित वर्गमा केन्द्रित रहेर काम गर्ने हो भने गार्मेन्ट कम्पनीहरुले सरकार संग मिलेर कार्यक्रम नै सञ्चालन गर्नुपर्र्छ । यस्तो भएन भने हामीले पाउने जुन सुविधा छ नेपाली जनतामा पुग्दैन । दोस्रो कुरो भनेको  लागनीको हो । अहिले गर्मेन्टमा १७ देखि १८ जना भन्दा बढि  लगानी गर्ने नेपालीहरु छैनन । त्यो पनि घट्दै गएको छ । अहिेले कामदार मात्रै हैन लगानीकर्ता समेत भारत र बांगलादेशबाट आउने संभावना बढेर गएको छ । लागानी बाहिरबाट आयो भने त्यसले फरक पार्दैन । तर,कामदारहरु स्वदेशको प्रयोग गर्न सक्यौँ भने जुन लक्षित वर्ग हो त्यो वर्गको आर्थिक अबस्था केहि माथि पु¥याउन मद्दत गर्छ । अमेरिकालाई लगानीकर्ता र कामदारसंग कुनै सम्बन्ध र चोसो छैन ।

अमेरिकी सरकारले भूकम्पले थिल्थिलो बनेको नेपालको अर्थतन्त्रलाई टेवा दिनको लागि दिएको कर छुटको सुविधाको फाइदा नेपालीका लागि मात्र कसरी गर्न सकिन्छ भन्ने तर्फ हामीले सोच्नु पर्छ । अमेरिकाले अहिले चाहाना पनि नेपालका गरिबहरुले सुविधा पाउनु भन्ने मुख्य कुरा हो । नेपाली जनताको आर्थिक विकासमा सहयोग गर्ने उसको चासो हो भने हामीले पनि त्यसको उचित प्रयोग किन नगर्ने त ?
मुख्य कुरो कामको सुरुवात कुन हिसाबले गर्ने भन्ने नै हो । अहिलेको अबस्थालाई हेर्ने हो भने त निकै असहज र कठिन छ । इन्धन, बत्ती र सामान आयतको समस्या छ । अहिलेको आर्थिक, सामाजिक र राजनितिक हिसाबले हर्ने हो भने गतिलो वतावरण नै छैन । अझै करिब ५  बर्ष सम्म यस्ता जोखिमहरु रहिरहने संभावना चै रहन्छ ।
अहिले अमेरिकाले दिएको अबसरलाई साच्चै उपभोग गर्ने नै हो भने , सरकारले पुराना गार्मेन्टलाई बिशेष प्याकेज(अनुदान हैन) मा गार्मेन्ट प्रोसेसिङ जोन बनाउन अग्रसरता लिनु पर्छ । उपयुक्त स्थान हेरेर बिजुलीको बिशेष ब्यवस्था दिन सक्यो भने फाइदा हुन्छ । सके सम्म नेपाली नै कामदार प्रयोग हुनु पर्छ । यस्तै देश विकासका लागि अहम् भूमिका खेल्ने निर्यात बढाउन उद्योगी र सरकारको हातेमालो अति नै जरुरी छ । निर्यात गर्दा उद्योगीलाई जस्तै सरकारलाई पनि  आर्थिक विकासको काम गर्न प्रत्यक्ष फाइदा हुन जान्छ, त्यसैले सरकारले पनि उद्योगीहरूलाई सहज वातावरण बनाइदिनु जरुरी छ ।
अमेरिकाले दिएको यो भन्सार सुविधाको सदुपयोगको लागि सबै नेपालीहरु एकजुट भएर लाग्नु पर्ने बेला आएको छ । यसको सदुपयोग गर्न सक्यौ भने बिस्तारै यहाँका निम्न वर्गका मानिसहरु उद्यमी बन्ने मौका पाउने छन् । तत्काल नै नेपाली उद्यमी बन्न नसके पनि अहिले यसको फाईदा लिन नेपालमा भएका उद्योगी र सरकारले बिशेष चासो र प्रतिबद्धताका साथ काम गर्ने हो भने पनि लाखौले रोजगारी स्वेदेशमै पाउन सक्ने वतावरण बन्ने निश्चित छ । यसका लागि तत्कालका लागि चाहिने भनेको उचित वतावरण नै हो । यसका लागि सरकारलाई नितिगत तहामा रहेर काम गर्ने वातावरण, लगानी गर्नेलाई लगानीको वतावरण, काम गर्ने कामदारलाई  काम गर्ने वतावरणको सिर्जना हुन पनि अति आवश्यक छ ।
अहिलेको अबस्था सुध्रेला र काम गरुमला भन्ने अबस्था अहिले होइन । यसका लागि छुट्टै तरिकाले काम सुरु गर्दा उपयुक्त हुन्छ । हुन त उद्योग खोल्नको लागि नेपाल सरकारले प्रोत्साहन गर्ने हो । सरकारले वतावरण बनायो भने काम आफै बन्छ । अब नेपालको प्रथामिकता भनेको स्जदेशी कामदारलाई प्रोत्साहन गर्ने र  लागानी गर्न आउनेलाई ठाउ दिने हिसाबले काम थाल्नु आबश्यक छ । बिजनेस प्लस पाक्षिकबाट

प्रकाशित : ४ माघ २०७२, सोमबार ०८:०२