एनएमबि बैंकले सुरु गर्यो नयाँ दुई कर्जा योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकले सुरु गर्यो नयाँ दुई कर्जा योजना



काठमाडौं । एनएमबि बैंकले साना तथा मध्यमवर्गका उद्यमीहरुलाई लक्षित गरेर एनएमबि बैंक सुलभ कर्जा तथा पर्सनल बिजिनेस लोन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आइतबार देखि यी दुई वटा नयाँ कर्जा योजना सुरु गरेको हो ।
साना तथा मध्यमवर्गका उद्यमीहरुका लागि एनएमबि बैंक सुलभ कर्जा योजना सुरु गरिएको बैंकले जनाएको छ । पाँच दिन मै पैरखीलाई उर्जा भन्ने नाराका साथ बैंकले सुलभ कर्जा अन्तर्गत पाँच लाख देखि अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जा उपलव्ध गराउने बैंकले जनाएको छ ।
दर्ता भएका साना तथा मध्यम श्रेणीका उद्यमीहरुलाई उपलव्ध हुने यो कर्जा दिने वा नदिने निर्णय निवेदन दिएको पाँच दिन मै हुने पनि बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी बैंकको पर्सनल बिजिनेस लोन अन्र्तगत व्यक्तिगत उद्यमीहरुलाई वित्तीय सुविधा उपलव्ध गराउने उद्देश्यले सुरु गरेको जनाइएको छ । यो कर्जा योजना अन्तर्गत तीन लाख देखि १५ लाख रुपैयाँसम्मको कर्जा उपलव्ध गराउने बैंकले जनाएको छ । यो कर्जा दर्ता नभएका साना तथा मझौला उद्यमी समेतले प्राप्त गर्न सक्ने छन् ।
यी कर्जा योजनाले वित्तीय स्रोतमा पहुँच नभएका वा सीमित पहुँच भएका साना तथा मध्यम श्रेणीका उद्यमीहरुलाई भरपर्दो वित्तीय सेवा उपलव्ध गराउने विश्वास बैंकले गरेको छ ।

प्रकाशित : ४ माघ २०७२, सोमबार ०३:३८