ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल मेला २०१६ हुँदै, मोबाइल खरिदमा ४० प्रतिशतसम्मको छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल मेला २०१६ हुँदै, मोबाइल खरिदमा ४० प्रतिशतसम्मको छुट



ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा यहि ८ गतेदेखि मोवाइल मेला हुने भएको छ । उक्त मलभित्र रहेको ललितपुर मोबाइल कम्प्लेक्सले सो मेला गर्न लागेको हो । ८ गतदेखि शुरु हुने सो मेला ९ दिनसम्म चल्ने छ । कम्प्लेक्सले नयाँ वर्ष २०१६ तथा ग्राण्ड ओपनिङको अवसर पारेर उक्त मेला गर्न लागेको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।

नेपालमै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको भन्दै अंग्रेजी नयाँ वर्ष तथा कम्प्लेक्सको भव्य शुभारम्भको अवसर पारेर मोबाइल मेला गर्न लागिएको बस्नेतले जानकारी दिए । ‘विभिन्न व्यवसायीक अवरोध तथा नाकामा भएको अवरोधकाबीच ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल खरिद गर्ने वातावरण बनाउन मेला आयोजना गर्न लागेका छौं,’ उनले भने, ‘कम्प्लेक्सबाट गुणस्तरीय मोबाइल फोनहरु तथा एसेसरिज मात्र बिक्री गरिने छ ।’

मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु पाइने छ मेलाको अवधिभर कुनैपनि मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट दिइने भएको छ भने एसेसरिजमा ५५ प्रतिशतसम्मको व्यवस्था गरिएको छ । त्यसैगरी कुनैपनि मोबाइल तथा ग्याजेटस् सर्भिस गरेबापत सर्भिसमा २५ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ ।

मोबाइल मेलामा विभिन्न कम्पनीहरुले बजारमा आएका नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गर्ने कम्प्लेक्सका संचालक डिकधन राईले जानकारी दिए । ललितपुर मलको दोस्रो तल्लामा रहेको सो कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी यो मेलामा आउने हरेकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने प्रवेशमा १ सय रुपैयाँ बराबरको निशुल्क लक्की ड्र कुपन दिईनेछ । उक्त कुपनबाट हरेक दिन लक्कि ड्र्र मार्फत ३ वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ । साथै, सोमध्येबाट १ जनालाई १ लाख रुपैंया बराबरको बम्पर उपहार प्रदान गरिनेछ ।
मोबाइल मेलामा सामसुङ, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिण्डालगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

प्रकाशित : ४ माघ २०७२, सोमबार १२:२०