बुधवार, शुक्रबार र सोमबार गरी तीन दिन निजी मोटरसाइकललाई तेल दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुधवार, शुक्रबार र सोमबार गरी तीन दिन निजी मोटरसाइकललाई तेल दिने



काठमाडौँ । नेपाल आयल निगमले यही बुधवार, शुक्रबार र सोमबार गरी तीन दिन निजी मोटरसाइकललाई तेल दिने भएको छ । निगमले कोटा प्रणालीमा एक मोटरसाइकललाई ५ लिटर तेल दिन लागेको निगम प्रवक्ता मकुन्द घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार बुधबार १ देखि ३० लटसम्मका, शुक्रबार ३१ देखि ५० लट र सोमबार ५१ देखि माथिका लटका मोटरसाइकलले तेल पाउने छन् । निगमले तेल वितरण गर्ने पम्पमा अघिलो दिनमै तेल पठाउने र तेल वितरण विहान ९ बजेबाट नै हुने जनाएको छ ।
यस अघि नेपाल आयल निगमले मंसिर २२ गतेदेखि २८ गतेसम्म १ दिन बिराएर कोटा प्रणालीमा लटअनुसार मोटरसाइकल तथा स्कुटरलाई तेल वितरण गरेको थियो ।
निगमले बारम्बार तेल वितरण गर्ने भने पनि करिब ४५ दिनपछि मात्र मोटरसाइकललाई तेल दिन लागेको हो ।

प्रकाशित : ४ माघ २०७२, सोमबार १४:००