४ महिनामा झन्डै ११ सय बिदेशीलाई अंगीकृत नागरिकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४ महिनामा झन्डै ११ सय बिदेशीलाई अंगीकृत नागरिकता



काठमाडाै । असोज ३ मा नयाँ संविधान जारी भएपछि एक हजार ७५ जना विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता पाएका छन्। विभिन्न समयमा नेपाली युवासँग विवाह गरेका भारतीय महिलाले नयाँ संविधान जारी भएपछि उक्त संख्यामा अंगीकृत नागरिकता पाएका हुन्।

नयाँ संविधानले अंगीकृतनागरिकता विवरणमा अंकुश लगाएको केही मधेसी नेताहरुले आरोप लगाइरहेका बेला गृह मन्त्रालयको तथ्यांकले अंगीकृत नागरिकता वितरण भइरहेको पुष्टि गरेको छ।

नेपालकाे संंविधान २०७२ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने प्रावधान छ।तर संघीय कानुन नबनिसकेको अवस्थामा नागरिकता ऐन २०६३ अनुसार विदेशी महिलाले अंगीकृत नागरिकता पाएका हुन्। अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

प्रकाशित : ५ माघ २०७२, मंगलवार ०२:२२