बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ



Bankबनेपा । बंैकिङ कसुर मुद्दामा फरार भएका एक जनालाई बनेपा नगरपालिका– ११ बुडोलबाट प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका–१० बस्ने ४५ वर्षीय श्यामकृष्ण खत्रीलाई पक्राउ गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

पुनरावेदन अदालत पाटनले गत वर्ष वैशाख २९ गते बैंकिङ कसुरको मुद्दामा तीन वर्ष कैद र करिब रु आठ करोड २३ लाख ८९ हजार ५०० जरिवानाको फैसला गरेकामा उनी फरार थिए ।

जिल्लामा प्रहरीले फरार अपराधी पक्राउ गर्ने अभियान सुरु गरेपछि दुई महिना १५ दिनको अवधिमा विभिन्न मुद्दाका १३० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ माघ २०७२, मंगलवार ०२:२७