यस्ता छन् सरकारले दाबी गरेका सय दिनका उपलब्धी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्ता छन् सरकारले दाबी गरेका सय दिनका उपलब्धी




काठमाडौं । सरकारका १ सय दिनका उपलब्धीलाई सरकारी मुखपत्र गोरखापत्रले मुख्य नौ बुँदामा सार्वजनिक गरेको छ । ती नौ बुँदा यस्ता छन्

१. देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा आँच पुग्नेगरी कसैसँग सम्झौता नगरिएको र

२. भूकम्पपीडितको पुनः स्थापनका लागि पुनर्निर्माण प्राधिकरण कानुन निर्माण, आयोगको पूर्णता तथा निर्माणको महाअभियान सुरु ।

३ .भारतको अघोषित नाकाबन्दीका कारण अर्थतन्त्रमा परेको असरलाई सुधार गर्नेगरी अर्थमन्त्रीबाट श्वेतपत्र जारी ।

४ . तुइनको प्रतिस्थापना गरी झेलुंगे पुल निर्माणको अभियान सुरु, २५० बढीको अध्ययन सम्पन्न ।

५ .  नयाँ संविधानबारे जानकारी दिन जनताको संविधान जनताको माझ एकमहिलो अभियान सम्पन्न ।

६ . चिनियाँ पर्यटकलाई जनवरी १, २० १६ देखि पाँच महिनाका लागि निःशुल्क पर्यटन भिसा लागू ।

७. सुख्खा बन्दरगाहाका लागि रसुवा जिल्लामा जग्गा अधिग्रहण काम सुरु ।

८ . नयाँ संविधान कार्यान्वयनका लागि विभिन्न १९३ वटा कानुन निर्माणको प्रक्रिया सुरु ।

९ . विभिन्न परियोजना निर्माणका लागि ४२ अर्ब बराबरको वैदेशिक सहायतापत्रमा सम्झौता । अाजकाे गारखापत्रमा खबर

प्रकाशित : ५ माघ २०७२, मंगलवार ०२:३४