संसारका सफल १० लगानीकर्ताहरु ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संसारका सफल १० लगानीकर्ताहरु !



स्टक मार्केट अथवा पूँजी बजार जसलाई अर्थतन्त्रको अभिन्न अंग मानिन्छ । जहाँ खरिदकर्ता र बिक्रेताले स्वतन्त्रतापुर्वक बजारमा कारोबार गर्ने गर्छन । स्टक मार्केटलाई कतिपय लगानीकर्ताहरुले नबुझी लगानी गरिरहेका हुन्छन् । प्राय धेरै जस्ता व्यक्तिहरुले शेयर बजारमा नबुझी लगानी गर्छन र धेरै नै गुमाउछन् । कुनैपनि कारणवश शेयर बजारमा धेरै–थोरै चलखेल गरेर मूल्य बढाउने अथवा घटाउने कार्यले शेयरबजारको बारेमा थुप्रै व्यक्तिहरु पुँजी बजार जुवा र भाग्यको खेल भन्ने भ्रममा पनि रहेका छन् । तर शेयर बजार जुवा र भाग्यको खेल नभई अर्थतन्त्रको एक महत्वपुर्ण सिद्धान्तले काम गर्ने बजार हो । अर्थतन्त्रको आधारभुत सिद्धान्तको अर्थ माग र आपूर्तिको सिद्धान्त हो । कुनै पनि शेयरको मूल्य बजारमा खरिदकर्ता र बिक्रेताले गर्ने मोलमोलाई र माग तथा अपुर्तिले निध्र्रारित गर्दछ ।

शेयर बजारमा मात्र होईन अन्य क्षेत्रमा पनि सोहि सिद्धान्तलाई सार्थक मानेर धेरै व्यक्तिहरुले आफ्नो लगानीबाट सफलताको आकाश छुन सफल भएका छन् । ती मध्य संसारका यी १० व्यक्तिहरु अहिले सम्मकै सर्बाधिक सफल प्रथम १० लगानीकर्ता पर्दछन । हेरौं १० औं नम्बरबाट उनीहरु को–को हुन :

१०. सुलेइमन केरिमोव (३ अर्ब २० करोड डलरको मालिक)

सुलेइमन केरिमोवको सफलताको कथाले हरेक व्यक्तिलाई प्रेरणा दिन्छ । सुलेइमन केरिमोव, जस्को सानो एलेक्ट्रोनिक पार्टपुर्जा उत्पादन गर्ने कम्पनीमा एकाउन्टेन्टका स्तरमा जागिर थियो । २५० डलर महिनाको आम्दानी भएको हुनाले केरिमोव र उनकी श्रीमती कम्पनीले दिएको सानो क्वÞाटरमा बस्थे । केरिमोवले जब बैंकिंग क्षेत्रमा लगानी गरे उनको लगानी तिव्र रुपले बढ्दै गएको थाहा पाए । आफुले कमाएकोबाट केहि अंश लगानी गर्न थालेपछि महिनाको २५० डलरको जागिरे केरिमोव आजको दिनमा ३ अर्ब २० करोड डलरको मालिक भएका छन । सन् २०१० मा पोटास उत्पादन गर्ने सबै भन्दा ठुलो कम्पनी उराल्काली कम्पनीको केरिमोवले ५३ प्रतिशत शेयर आफ्ना पार्टनर एलेकज्याँनड्र नेसिस र फिलारेट गाल्टचेवसँग मिलेर खरिद गरेका छन ।

९. एडवर्ड जोन्सन् तृतीय (७ अर्ब ८० करोड डलरका मालिक)

एडवर्ड जोन्सन् संसारका सबै भन्दा सफल र उत्कृष्ट लगानीकर्ताहरुको सुचिमा १० नम्बरमा पर्छन । सन् १९३० मा जन्मेका जोनसंनले १९५४ मा हार्वर्ड कलेजबाट स्नातक तहको शिक्षा हासिल गरेका थिए । बर्तमान समयमा जोनसन् आफ्नी छोरीसंग फिडेलिटी इन्भेष्टमेन्ट नामक ब्रोकरेज कम्पनी संचालन गरिरहेका छन् जुन जोनसनका पिताले स्थापना गरेका थिए । आफ्नै बुवाको कम्पनीमा सुरुवाती समयमा सन् १९५७ मा विश्लेषकका रुपमा काम गरेर १९७२ मा कम्पनी प्रमुख र १९७७ मा कम्पनी सीइओका पदमा मनोनित भएका हुन् । जोनसन दिष्काउण्ट ब्रोकरेज मार्केटका प्रक्षेपक हुन् ।  दिष्काउण्ट ब्रोकरेज मार्केट अर्थात स–साना लगानीकर्ता, बैंक, बीमा संस्थाहरुसँग फर्मले न्यून ब्रोकर कमिशन असुल गर्ने चलनचल्तीमा ल्याए । आजको दिन एडवर्ड ७ अर्ब ८० करोड डलरका मालिक हुन ।

८. अगस्त व्होंन फिन्क (७ अर्ब ३० करोड डलरका मालिक)

अगस्त व्होंन फिन्क पनि भाग्यामानी व्यक्तिहरु मध्य एक हुन । फिन्क्का हजुरबुवाले अलिएञ्ज एण्ड बैंकमर्क फिन्क एण्ड कम्पनी नामक बीमा कम्पनी स्थापना गरेका थिए । फिन्क्ले सन् १९९० मा उनको हजुरबुवाको कम्पनीलाई बारकलेज बैंकलाई बेचिदिए । सोहि पैसालाई शेयर, जग्गा जमिन र कल कारखानामा जोरसोरले लगानी गर्न सुरुवात गरे । हाल स्वीजरल्याण्ड निवासी र जर्मन ब्यापारी अगस्त व्होंन फिन्क सन् २०१५ डिसेम्बरमा ब्लूमबर्गको गणना अनुसार ७ अर्ब ३० करोड डलरको मालिक हुन ।

७. ह्यारोल्ड सिमोन्स (८ अर्ब ३० करोड डलरका मालिक)

गोल्डेन टेक्सअस मा सन् १९३१ मा जन्मेका ह्यारोल्ड सिमोन्सले युनिभर्सिटी ओफ टेक्सअसबाट बिए र अर्थशास्त्रमा मास्टर्स गरेका छन । सिमोन्स हाल टाइटेनिअम मेटल्स कर्पोरेसन, एन एल इन्डष्ट्रिज, भाल्ही इन्कोर्पोरेसन, वेस्ट कन्ट्रोल स्पेसियलिस्ट, कम्प एक्स इन्टरनेसनल र क्रोनोस व्ल्डवाइड लगाएतका कम्पनी मालिक हुन् । समोन्स हाल ८ अर्ब ३० करोड डलरका सम्पतिका मालिक हुन् ।

६. फिलिप अन्स्चुत्ज (१० अर्ब ३० करोड डलरका मालिक)

फिलिप अन्स्चुत्जको सफलतालाई अहिलेसम्मको एउटा सिद्ध कथाको स्वरुपमा लिन सकिन्छ । फिलिप अन्स्चुत्जÞले आफ्नो बुवाको खानी खोज्ने कम्पनी खरिद गरेर अमेरिकाको योमिङ्ग भन्ने स्थानमा खोजाई सुरु गरे । यस कम्पनी संचालनबाट भएको आम्दानीलाई अन्स्चुत्जले शेयर लगाएतका अन्य विभिन्न क्षेत्रमा लगानी गर्न थप पुजी जुटाइदियो । खेलकुदमा पनि रुचि राख्ने अन्स्चुत्जÞ एनबीए नामको अमेरिकाको बास्केटबल क्लबको संसारमै प्रसिद्ध २ वटा टीम एलए लेकर्स र एनएचएल किंग्सका मालिक हुन । यो सँगै अन्स्चुत्जÞ संसारकै सबै भन्दा चर्चित र ठुलो प्रोडक्सन हाउस वाल्डेन मिदिआका पनि मालिक हुन् । यस कम्पनीले ३० वटा भन्दा बढी चर्चित र विश्व प्रख्यात फिल्महरु प्रोड्युस गरेको छ । अन्स्चुत्जÞले संसार भरी १२० वटा एरिना र कन्सर्ट स्टेज मनोरन्जनका लागि भनेर स्थापना गरिसकेका छन् । जस अन्तर्गत लण्डनको सबैभन्दा चर्चित ‘ओ २ एरिना’ पर्दछ । डिसेम्बर २०१५ को ब्लूमबर्गको गणना अनुसार फिल्लिप अन्स्चुत्जÞ १० अर्ब ३० करोड अमेरिकी डलर बराबरका कुल सम्पतिका मालिक हुन ।

५. मिखाइल प्रोखोरोव (१० अर्ब ५० करोड डलर मालिक)


संसारकै धनि कम उमेरका व्यक्तिहरुको पहिलो १० जनाको लिस्टमा पर्ने ४८ बर्षे मिखाइल प्रोखोरोव कमोडिटी बजारका एक नम्बर खेलाडी हुन । रसियाको सबै भन्दा अधिकतम निकेल र सुन जस्ता धातुहरु संगसगै कच्चा पदार्थ उत्पादन गर्ने ठुलो कम्पनीको अध्यक्ष भइसकेका छन । खेलकुदको धेरै ठुलो रुचि भएका प्रोखोरोव संसारकै प्रसिद्ध अमेरिकी टीम ‘न्यू जर्जि नेत्स्क’का मालिक हुन । मिखाइल प्रोखोरोव सन् २०११ मा रसियाको तेस्रो धनि व्यक्ति र संसारमा नै ३९ औ धनि व्यक्तिमा गनिएका थिए । सन् २०१५ डिसेम्बरको ब्लूमबर्गका गणना अनुसार प्रोखोरोव १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको कुल सम्पतिका मालिक हुन ।

४. रोनाल्ड पेरेल्मन (१३ अर्ब ९० करोड डलरका मालिक)

सन् १९४३ मा जन्मेका रोनाल्ड पेरेलमनको जन्म भएको हो । हरेक दिन स्कूलपछि बुवाको कम्पनीको बोर्ड मिटिङ्गमा बुवासँग बस्थे र व्यापारका सिद्धान्त र ज्ञान त्यहाँबाट प्राप्त गरे । १९६६ मा पेरेलमनले आफ्नो मास्टर्स डिग्री प्राप्त गरे । सन् १९७८ मा पहिलो ब्यापार गरे । उनले सुन र गहनाको ब्यापार गरे र त्यसको ७ बर्ष पछि उक्त व्यापारलाई बेची दिए । बिस्तारै पेरेलमनली नयाँनयाँ व्यापारतिर लागे । रोनाल्ड पेरेलमनको रेवलोन अर्थात् ठुलो कस्मेटिक कम्पनी, डिलक्स इन्टरटेनमेण्ट नामको प्रोडक्सन हाउस र हमभी नामक गाडी उत्पादन गर्ने कम्पनीको अत्याधिक शेयरहरु रहेका छन । सन् २०१५ डिसेम्बरको ब्लूमबर्ग गणना अनुसार रोनाल्ड पेरेलमन १३ अर्ब ९० करोड अमेरिकी डलर बराबरको कुल सम्पतिका मालिक हुन ।

३. कार्ल इकाहन (२० अर्ब ७० करोड डलरको मालिक)

कार्ल इकाहनको सन् १९३६ मा जन्म भएको हो । इकाहन अमेरिकाका एक सफल र माननीय लगानीकर्ता र ब्यापारी हुन्  । सन् १९६१ मा स्टक ब्रोकर भएर काम गरेका कार्ल इकाहनले ७ बर्ष पछि इकाहन इन्टरप्राइजेज स्थापना गरेका हुन । इकाहन इन्टरप्राइजेजका मालिक कार्ल इकाहनले अमेरिकी शेयर बजारमा थुप्रै कल कारखाना, पूर्वाधार निर्माण, ब्यापार तथा कम्पनीहरुमा लगानी गरेका छन् ।  बिस्तारै कार्ल इकाहनले फिलिप्स पेट्रोलियम, गल्फ एण्ड वेस्टर्न, भायाकोम, मोटोरोल्ला, वेस्टर्न उनिओन, रेवलोन र मार्वेल कोमिक्स र अन्य थुप्रै कम्पनीहरुमा अत्याधिक शेयर खरिद गरेर आफ्नो वर्चस्व कायम गरे । सन् २०१५ डिसेम्बरको फोव्सको गणना अनुसार अमेरिकन ब्यापारी कार्ल इकाहन २० अर्ब ७० करोड अमेरिकी डोलरको कुल सम्पतिका मालिक हुन् ।
२. प्रिन्स अल्वालीद बिन तलाल अल साउद (२९ अर्ब २० करोड डलरको मालिक)

प्रिन्स अल्वालीद बिन तलाल अल साउद संसारकै सबै भन्दा सफल र उत्कृष्ट लगानीकर्ता मात्र नभइ खाडी क्षेत्र तिरका प्रेरणात्मक व्यक्तिका रुपमा चिनिन्छन । अल साउदले किङ्गडम होल्डिङ्ग नामक कम्पनीको स्थापना गरेपछि अत्याधिक धन कमाउन फल भएका हुन्  । अल साउदले होटेल, घर जग्गा, बैंकिंग क्षेत्र, सुचना प्रविधि, मिडिया र मनोरञ्जनको क्षेत्रमा धेरै लगानी गर्दछन् । यस्ता कार्यले लगानीकर्तालाई व्यस्त मात्र नपारी धनको निरन्तर बर्षा गराएको छ । ब्लुमवर्गको २०१५ डिसेम्वरको तथ्यांक अनुसार उनको सम्पति २९ अर्ब २० करोड डलर रहेको छ ।

१. वारेन बफेट (६३ अर्ब ८० करोड डलरको मालिक)

संसारका सबैभन्दा धनि, सफल र उत्कृष्ट लगानीकर्ता भनेर चिनिने वारेन बफेट आफ्ना लगानी सम्बन्धि सिद्धान्त र सफलताका लागि एतिहासिक पहिचान बोकेका छन । लगानी गर्दा कम्पनीहरुको राम्रो पहिचान रहेको बफेटको सिद्धान्तहरु सिद्ध र अद्धितीय छन । बफेटसँग अन्य धनि व्यक्तिहरुको जस्तो तेलको खानि र गहनाको व्यापार छैन । बफेटले कुनै पनि कम्पनीको शेयर मूल्य बजारको भन्दा अझै धेरै रहनु पर्ने भन्ने विश्वासका साथ लगानी गर्छन । जसले बफेटलाइ संसारकै धनि व्यक्तिहरु मध्य एक भनि चिनाएको छ । अहिले पनि संसारको तेस्रो धनि व्यक्ति बफेट सन् १९५८ मा ३१ हजार ५ सय डलरमा बनाएको ६ हजार ईस्क्वायर फुटमा बनाएको ५ कोठे घरमा बस्छन । बफेट सन् २०१५ डिसेम्बरको ब्लूमबर्ग गणना अनुसार ६३ अर्ब ८० करोड अमेरिकी डलर बराबरका कुल सम्पतिका मालिक हुन् ।

बिभिन्न अनलाईन र एजेन्सीहरुको सहयोगमा तयार गरिएको सामाग्री

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार १९:०३