प्रभुले ६४ लाख १७ हजार भन्दा बढी कित्ता हकप्रद शेयर निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभुले ६४ लाख १७ हजार भन्दा बढी कित्ता हकप्रद शेयर निष्काशन गर्दै



काठमाडौं । प्रभु बैंकले फागुन १६ गतेदेखि १० शेयर बराबर २ शेयर (१०ः२) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ । असोज १४ गतेसम्म कारोबार भएर कायम रहने शेयरधनीले हकप्रदमा आवेदन दिन पाउँने बैंकले जनाएको छ ।

बैंकले आह्वानपत्र प्रकाशित गरि आगामी फागुन १६ गतेदेखि चैत २१ गतेसम्मका लागि प्रतिकित्ता १ सय रुपैंयाका दरले हकप्रद शेयर निष्काशन गर्ने जनाएको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको नक्सालस्थित कार्यालय र प्रभु बैंकको मुख्य कार्यालय तथा सबै शाखाहरु मार्फत हकप्रदका लागि आवेदन दिन सकिने छ । हाल चुक्ता पूँजी रू.३ अर्व २० करोड रहेकोमा हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी बढेर रू.६ अर्व ८५ करोड पुग्नेछ ।

बैंकले आव २०७२ को असोज मसान्तसम्ममा खुद मुनाफा रू.२६ करोड आर्जन गरेको छ । बैङ्कको हकप्रद शेयर निष्काशनको लागि इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको सङ्केत गर्छ ।

index(8)

प्रकाशित : ५ माघ २०७२, मंगलवार १६:०७