मंगलबार नेप्से १४ दशमलव ६१ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलबार नेप्से १४ दशमलव ६१ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १४ दशमलव ६१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको अन्य र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५९ कम्पनीको १४ लाख ७८ हजार ७ सय २४ कित्त सेयर बाट ५३ करोड २३ लाख २५ हजार ६ सय ४६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह १ सय ९२ दशमलव ३२ अंकले ओरालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह ४९ दशमलव ९३ अंकले,विकास बैँक समुह २० दशमलव ७२ अंकले,लघुवित्त समुह १८ दशमलव ४८ अंकले ,जलविधुत समुह १६ दशमलव १४ अंकले,बैँक समुह १५ दशमलव ६४ अंकले, होटल समुह ५ दशमलव ५४ अंकले र फाइनान्स समुह ० दशमलव ३६ अंकले ओरालो लागेको छ ।
आज उतपादनमुलक र अन्य समुह भने उकालो लागेको छ । आज उतपादमुलक समुह ९ दशमलव ३१ अंकले र अन्य समुह ५ दशमलव ३८ अंकले उकालो लागेको छ।

प्रकाशित : ३ पुष २०७५, मंगलवार १५:४१