हवाई भाडा समायोजन सुगममा घट्यो, दुर्गममा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हवाई भाडा समायोजन सुगममा घट्यो, दुर्गममा बढ्यो



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा एकरूपता ल्याएपछि वायुसेवा प्रदायक कम्पनीले हवाई भाडा समायोजन गरेका छन् । पछिल्लो मूल्य समायोजनअनुसार काठमाडौंबाट हुने उडानको भाडा घटेको छ भने उपत्यकाबाहिरका केही विमानस्थललाई आधार मानेर हुने उडानको भाडा बढेको छ ।

पेट्रोलियम पदार्थमा भएको पछिल्लो समायोजनअघि हवाई इन्धनमा दुईवटा म्ूल्य कायम थियो । नेपाल आयल निगमले काठमाडौंबाट हुने उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ३३ तोकेको थियो । पोखरा, नेपालगन्ज, भैरहवा, विराटनगर र धनगढीमा भने हवाई इन्धनको मूल्य १ सय १८ रुपैयाँ नै कायम थियो । काठमाडौंमा इन्धनको मूल्य बढेपछि कम्पनीहरूले हवाई भाडा पनि बढाएका थिए ।

सोमबार निगमले हवाई इन्धनको मूल्य देशभर १ सय ६४ बनाएको छ । सोहीकारण काठमाडौंबाट सुगम (ट्रंक) रुटको हवाई भाडा घटेको छ भने पोखरा र नेपालगन्जबाट दुर्गम रुटका लागि हुने हवाई भाडा बढेको छ । ‘सरकारको पछिल्लो निर्णयले दुर्गमका जनता थप मारमा पर्नेछन्,’ यति एयरलाइन्सका प्रवक्ता भीम राईले भने, ‘सुगम क्षेत्रका यात्रुलाई फाइदा पुगेको खबर आजको नयाँपत्रिका दैनिकले छापेको छ।

कम्पनीहरूका अनुसार सुगम क्षेत्रको भाडा ३० प्रतिशतसम्म घटेको छ । बुद्ध एयरका निर्देशक रुपेश जोशी (मार्के्टिङ, सेल्स एन्ड ग्राउन्ड ह्याडिलिङ विभाग)का अनुसार काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमराको भाडा सबैभन्दा कम ७ सय ७५ रुपैयाँले घटेको छ । सिमरामा यसअघि ४ हजार १ सय ६० रुपैयाँ भाडा तोकिएको थियो । सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडा सबैभन्दा बढी २ हजार ६ सय ७० रुपैयाँले घटेको छ ।

प्रकाशित : ६ माघ २०७२, बुधबार ०४:२७