अनलाईन स्टोरबाट समान खरिद गर्दा जनता बैंकको भीसा कार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अनलाईन स्टोरबाट समान खरिद गर्दा जनता बैंकको भीसा कार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने



काठमाडौँ। ईन्टरनेटको प्रयोगमा भएको बृद्धीसंगै सोको माध्यमद्धारा बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिद बिक्रि पनि बढ्दो क्रममा रहेको छ । समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ । जनता बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
साथै बैंकले विदेश स्थित विश्वविद्यालय÷कलेजसंग सम्बन्धि बिभिन्न शुल्कहरु सम्बन्धित
विश्वविद्यालय÷कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको छ ।

भिसा इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’ मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पुण सुरक्षित रहेको छ । यस सेवा मार्फत सुरक्षित रुपमा नगद रहित कारोवारलाई प्रोत्साहन गनुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झट रहित भुक्तानीको अवसर प्राप्त हुने विश्वास लिइएको छ ।

प्रकाशित : ४ पुष २०७५, बुधबार १२:४१