जनता बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त



काठमाडौं । प्रभु बैंकमा झण्डै आठ महिना प्रमुख कार्यकारी अधिकृत भएपछि विदा भएका कुमार लम्साल जनता बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । रमेशकुमार भट्टराईले पदवाधि पूरा नहुँदै राजिनामा दिएपछि जनता बैंक प्रमुख कार्यकारी अधिकृत विहिन बनेको थियो ।

जनता बैंकले बिहिवार प्रेस विज्ञप्ति जारी गरेर जनता बैंकको प्रमुख कार्यकारी अधिकृतमा  लम्साललाई नियुक्त भएको जानकारी दिएको हो । उनले जेठ ११ गते आइतवारदेखि बैंकको  प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने पनि बैंकले जानकारी दिएको छ ।
प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत हुनु अघि लम्साल सानिमा बैकको प्रमुख कार्यकारी अधिकृत थिए । लम्सालसँग २४ वर्षभन्दा बढीको बैंकिग अनुभव छ । उनले नेपालको वित्तीय बजार र प्रणालीलाई नजिकबाट नियाल्नुका साथै व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेका छन् ।

प्रकाशित : ७ जेष्ठ २०७२, बिहीबार १५:५६