बिहिबार नेप्से ३ दशमलव २८ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिहिबार नेप्से ३ दशमलव २८ अंकले उकालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ३ दशमलव २८ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६३ कम्पनीको १२ लाख ५ हजार ९ सय १४ कित्ता सेयर बाट ४० करोड ११ लाख २ हजार ९ सय ३० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह ३० दशमलव ४९ अंकले उकालो लागेको छ । आज लाइफ इन्स्योरेन्स समुह १९ दशमलव ५१ अंकले,विकास बैँक समुह १२ दशमलव ८८ अंकले,जलविधुत समुह ११ दशमलव ५८ अंकले, बैँक समुह ३ दशमलव ४९ अंकले र लघुवित्त समुह १ दशमलव १२ अंकले उकालो लागेको छ ।
आज होटल समुहले सबैँ भन्दा धेरै गुमाएको छ । आज होटल समुह २८ दशमलव ९३ अंकले, फाइनान्स समुह ६ दशमलव ५९ अंकले, अन्य समुह ० दशमलव ९९ अंकले र टे्ंडिड. समुह ० दशमलव ३४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ५ पुष २०७५, बिहीबार १५:२२