सिभिलको ६ दशमलव ७५ प्रतिशत बोनस प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिलको ६ दशमलव ७५ प्रतिशत बोनस प्रस्ताव



काठमाडौं। सिभिल बैंक लिमिटेडले आफ्नो पाचौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको आज सम्पन्न साधारणसभाले ६.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पनि पारित गरेको छ । यो बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले साधारणसभा सम्पन्न गरेसँगै संस्थापक सेयरमध्ये ८.६८ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत हुने जनाएकोे छ । बैंकको अहिले संस्थापक समूहमा ५९.६८ प्रतिशत सेयर रहेकोमा अब संस्थापकमा ५१ र सर्वसाधारणमा ४९ प्रतिशत बनाउन लागिएको बैंकले जनाएको छ ।

उक्त साधारणसभाले संस्थापक लगानीकर्ताको तर्फबाट इच्छाराज तामाङ, अम्वीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोदलाल श्रेष्ठलाई निर्विरोध रुपमा सञ्चालक चयन गरेको छ । यस्तै साधारणसभाले सिभिल बैंकमा अर्को कुनै वित्तीय संस्था गाभ्ने वा प्राप्ती गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २६ अर्ब ९२ करोड निक्षेप संकलन गरी २३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले देशका ४२ शाखा र ९ स्थानमा शाखारहित बैंकिङ सेवामार्फत वित्तीय कारोबार गर्दै आएको छ । ३४ स्थानमा सिभिल बैंकको एटिएम सञ्चालनमा छन् ।

प्रकाशित : ६ माघ २०७२, बुधबार १३:४२