बिहिबार नेप्से १ दशमलव ०८ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिहिबार नेप्से १ दशमलव ०८ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ०८ अंकले ओरालो लागेको छ । आज कारोबारमा उतपादनमुलक समुह, अन्य समुह र लाइफ इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १७४ कम्पनीको २८ लाख ७२ हजार ५ सय ५१ कित्ता सेयर बाट १ अर्व १२ करोड ९९ लाख ६९ हजार २ सय ९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ । आज होटल समुह ६३ दशमलव ६३ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह ४८ दशमलव ६७ अंकले, बैँक समुह ६ दशमलव ६६ अंकले, विकास बैँक समुह ५ दशमलव २९ अंकले, जलविधुत समुह ४ दशमलव २९ अंकले,टे्डिड. समुह २ दशमलव ९६ अंकले,लघुवित्त समुह २ दशमलव ६५ अंकले र फाइनान्स समुह २ दशमलव २१ अंकले ओरालो लागेको छ
आज लाईफ इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । आज लाइफ इन्स्योरेन्स समुह १ सय ७० दशमलव ४२ अंकले उकालो लागेको छ । आज उतपादनमुलक समुह १९ दशमलव १८ अंकले र अन्य समुह ११ दशमलव ४६ अंकले उकालो लागेको छ।

प्रकाशित : १२ पुष २०७५, बिहीबार १५:४७