पर्यटनमन्त्री दीपकचन्द्र अमात्यद्धारा राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पर्यटनमन्त्री दीपकचन्द्र अमात्यद्धारा राजिनामा



काठमाडौं ।

पर्यटनमन्त्री दीपकचन्द्र अमात्यएमाले पार्टीले पर्यटनमन्त्री दीपकचन्द्र अमात्यलाई मन्त्रीबाट हटाएको छ । उनलाई राजीनामा दिन बाध्य पारेर हटाइएको हो । मन्त्री अमात्यले मन्त्री पदबाट  राजीनामा दिएका छन् । अमात्यले पार्टी अध्यक्ष केपी ओलीलाई जानकारी गराएर राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा पत्र बुझाइसकेका छन् । यसअघि तत्कालीन मन्त्री भीम आचार्यलाई फिर्ता बोलाएर एमालेले अमात्यलाई मन्त्री बनाएको थियो । उनलाई पनि पार्टीको नेतृत्वहरुबाट राजीनामाका लागि दबाव दिइएको बताइएको छ । मन्त्रालय अन्तरगतका पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्ययन प्राधिकरण लगायतका निकायमा नियुक्तिमा विवाद बढेकाले उनलाई मन्त्री पदबाट हटाइएको हो । सोही मन्त्री पदमा एमालेले कृपाशुर शेर्पा वा सोमप्रसाद पाण्डेलाई सिफारीस गर्ने बताइएको छ । शेर्पा भोजपुर १ का सभासद हुन् भने अध्यक्ष केपी ओली निकट पनि हुन् । त्यस्तै पाल्पा २ का सभासद पाण्डे एमाले नेता माधवकुमार नेपालका सम्धी हुन् ।

प्रकाशित : ७ जेष्ठ २०७२, बिहीबार १५:०२