नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४५ करोड



काठमाडौं। बिहिबार नेप्से परिसूचक १ दशमलव २५ अंकले घटेर १ हजार २ सय १२ दशमलव ३२ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ४३ अंकले घटेर २ सय ६० दशमलव ७५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज ९४ वटा कम्पनीहरुको २ हजार २ सय ८२ वटा कारोबारबाट ७ लाख २७ हजार ८ सय ९७ कित्ता शेयर खरिद बिक्री भएको हो । आज नेप्सेमा ४५ करोड ९९ लाख १८ हजार ३ सय रुपैयाँ बराबरको कारोबार भएको छ भने

आज कारोबार भएका सबै समुहहरु मध्ये अत्याधिक बीमा समुहको परिसुचक १४ दशमलव २ अंकले बढेको छ । त्यस्तै विकास बैंक समुहको ३ दशमलव १ अंकले र अन्य समुह ४ दशमलव ७ अंकल बढेको छ । आज सबैभन्दा अत्याधिक हाइड्रो समुह १६ दशमलव ३६ अंकले घटेको छ । बैंकिङ्ग समुहको ३ दशमलव २९ प्रतिशतले, होटल समुह १४ दशमलव २२ अंकले र फाइनान्स समुह शुन्य दशमलव ४७ प्रतिशतले घटेको छ ।

आज पनि कारोबार रकमको आधारमा सानिमा बैंक अगाडी रहेको छ, जसको ५ करोड ४२ लाख ५८ हजार ३ सय ६८१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ९१ लाख ५३ हजार ८ सय १९ रुपैयाँ र ग्लोबल आईएमई बैंकको २ करोड २८ लाख १ हजार १ सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ बटा कम्पनीको शेयर मुल्यमा १० प्रतिशतले बढेको छ, जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीकोे शेयर मूल्य १० प्रतिशतले र आइएलएफसिओ माइक्रोफाइनान्स वित्तिय संस्थाको १० प्रतिशत बढेको छ । त्यसैगरी अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको ९ दशमलव ९४ प्रतिशतले र सिन्धु विकास बैंकको ९ दशमलव ७४ प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

आज काष्ठमण्डप डेभलपमेन्ट बैंकको लगानीकर्ताहरुले आफ्ना शेयरको मुल्यमा ३ दशमलव ९२ प्रतिशतले गुमाएका छन् । संगसंगै युनियन फाइनान्स कम्पनीको ३ दशमलव ६३ प्रतिशतले र कसमस डेभलपमेन्ट बैंकको २ प्रतिशतले मुल्यमा गिरावट आएको छ ।

प्रकाशित : ७ माघ २०७२, बिहीबार १३:१२