विश्वमा धेरै प्रयोग हुने पासवर्ड कुन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

विश्वमा धेरै प्रयोग हुने पासवर्ड कुन ?



विश्वका धेरै इन्टरनेट प्रयोगकर्ताको पासवर्ड अझै पनि सजिलै पत्तालगाउन सकिने खालको रहेको एक अध्ययनले देखाएको छ । अनलाइन सेक्युरेटी फर्म स्पाल्सडाटाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्व धेरै इन्टरनेट प्रयोगकर्ताले अझै पनि सजिलै अनुमान लगाउन सकिने खालको पासवर्ड प्रयोग गर्ने गरेको उल्लेख छ ।

विश्वका धेरै इन्टरनेट प्रयोगकर्ताले प्रयोग गर्ने पासवर्ड १२३४५६ रहेको प्रतिवेदनमा उल्लेख छ । यो सन् २०११ देखि सबैभन्दा बढी प्रयोग हुने पासवर्डको रुपमा रहेको स्पाल्सडाटाले जनाएको छ । सन् २०१५ मा लिक भएका २० लाख भन्दा धेरै पासवर्डको अध्ययनबाट यस्तो देखिएको हो ।

आफ्नो इमेल तथा अरु इन्टरनेट सञ्जाल ह्याक हुनबाट जोगाउन सजिलै पत्ता लाग्ने खालको पासवर्ड प्रयोग गर्न नहुने भएपनि धेरैले यस्तै खालको पासवर्ड प्रयोग गर्ने गरेका छन् । विश्वमै धेरै प्रयोग हुने पासवर्डमा १२३४५६७८, क्युडब्लुइआरटिवाई, १२३४५ र १२३४५६७८९ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सजिलै पत्तालाग्ने खालको पासवर्ड प्रयोग गर्दा अनलाइनबाट आफ्नो सामग्री चोरी तथा ह्याक हुनसक्ने खतरा हुने भएकाले सकेसम्म अरुले थाहा पाउन नसक्ने पासवर्ड राख्नु पर्ने विज्ञले बताएका छन् ।

– एजेन्सीको सहयोगमा

प्रकाशित : ७ माघ २०७२, बिहीबार १३:१८