रामदेवसँग शिल्पाको योगा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रामदेवसँग शिल्पाको योगा



249312317_1453460753बुधबार भएको एक शिविरमा भारतीय योगगुरु रामदेव तथा अभिनेत्री शिल्पा सेट्टीले एकसाथ योगा गरे । दुवैले योगा सिकाए । कार्यक्रम अत्यन्त राम्रो भयो, तर कार्यक्रमका फोटालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना गरियो ।

नयाँ पत्रिका लेख्छ शिविरमै शिल्पाले आफ्नो किताब ‘ग्रेट इन्डियन डाइट’ पनि विमोचन गराइन् । रामदेवले किताबको विमोचन गरेपछि शिल्पाले रामदेवसँग सेल्फी लिइन् । सामाजिक सञ्जाल ट्विटरमा उनले लेखिन्, ‘रामदेवको आशीर्वाद र समर्थनले म उत्साहित छु ।’ तर, यही प्रसंगलाई लिएर ट्विटरमा उनको आलोचना भयो, ‘शिल्पाले योगा होइन, एरोबिक्स गरिन् ।’ शिल्पाले फिल्ममा काम नपाएपछि टिभीमा देखिन यस्तो हर्कत गरेको पनि टिप्पणी  गरिएको छ ।

प्रकाशित : ९ माघ २०७२, शनिबार १०:३२